सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामाजिक कार्यमा सेनाको सक्रियता

309
Sana Kishan

महेन्द्रनगर १८ भदौ ।
सुदूरपश्चिमको कञ्चनपुरस्थीत शुक्लाफाँटा राष्ट्रिय निकुञ्च सुरक्षार्थ रहेको नेपाली सेनाको देवीदल गणले सुरक्षासँगै सामाजिक कार्यमा पनि सक्रियाता बढाउँदै आएको छ ।
मझगाँउस्थीत सेनाको देवीदल गणले जिल्लामा हुने विभिन्न सामाजिक कार्यमा सक्रियता बढाएको हो ।

देवीदलले जिल्लाका दुर्गम स्थानमा स्वास्थ्य शिविरसँग विभिन्न जनचेतना मुलक कार्य गदैँ आएको छ । गणपती राजु बस्यातले देवीदलले निकुञ्जको सुरक्षासँग जनसेवामुखी कार्यमा समेत काम गदैँ आएको बताए । उनका अनुसार गत आवमा मात्रै जिल्लाका तीन वटा स्थानमा निशुक्ल स्वास्थ्य परिक्षण क्याम्प सञ्चालन गरेको थियो ।

Arus

Karnali Traders

गत चैतमा बागफाँटास्थीत पञ्चकन्या माविमा स्वास्थ्य शिविर, बेलडाँडीमा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि जनचेतना कार्यक्रमसँगै खेलकुद सामाग्री वितरण गरिएको छ । साथै मध्यवर्ती क्षेत्रका वासिन्दालाई प्रकृति संरक्षणमा स्थानियको भुमिका सम्बन्धि चेतनामा वृ४ि गर्नुको साथै सैनिक नागरिक सम्बन्धलाई दिगो र प्रगाढ बनाउन यस किसिमका कार्यक्रमहरु सञ्चालन गरिएको उनको भनाई छ ।

त्यस्तै गणले मध्यवर्ती क्षेत्र लक्षित सैनिक गतिविधि सञ्चालन गरि मध्यवर्ती क्षेत्रका समस्या पहिचानसँर्ग जनसम्पर्क बढाएको छ । ‘सेनाले निकञ्जको सुरक्षा मात्रै नभई जनसम्र्पक समेत बढाई रहेको छ’ गणपती बस्यातले भने ‘सेनाले जनतासँगै सहकार्य गरि सामाजिक उत्तरदायित्वको जिम्मेवारी बहन गर्ने प्रयास गरिरहेको छ । ’

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.