सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली अस्पताल सुधारमा नागरिक सरोकार समुहको सक्रियता

452
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १८ भदौ ।
केही वर्ष अगाडी दुर्गन्धित देखिने महाकाली अञ्चल अस्पताल पछिल्लो समयमा चिटिक्क परेको देखिन्छ । अस्पताल परिसरमा फुलबारसँगै गणेशकोे भगवानको मुर्ती राखिएको छ ।
अस्पतालको दुर्गन्धले बिरामी झनै बिरामी हुने अवस्था रहेको महाकाली अस्पताल आजभोलि निकै सफा देखिन्छ ।

त्यसको पछाडी स्थानीय नागरिककै ठुलो हात छ । स्थानीय समाजसेवीले नागरिक सरोकार समुह गठन गरि अस्पताल सुधारका लागि विगत एक वर्ष देखि काम गदैँ आएको छ ।
२०७५ साउन १२ गते कञ्चनपुरका समाजसेवि लिलाध्वज बस्नेतको संयोजकत्वमा गठन भयो । हरेक शनिबार अस्पताल परिसर सरसफाई अभियानबाट स्थापीत उक्त समुहले पछिल्लो समयमा अस्पताल सुधारका लागि थुप्रै पहल गरिरहेको छ ।

Arus

अस्पतालमा चिकित्सक देखि लिएर भौतिक पुर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पलह गरिरहेको छ । नागरिक सरोकार समुहको संयोजक बस्नेतले अस्पताल सुधारका समुह गठन गरिएको बताए । उनले अस्पताल सुधारका लागि सबैले सहयोग गर्नु बताए । महेन्द्रनगरमा डाक्टर बस्ने वातावरण मिलाउन सबै जिम्मेवार हुनु पर्ने उनको भनाई छ । ‘यहाँ आएका चिकित्सक केहि दिनमै फर्कीन्छ्न्, तर त्यही चिकित्सक धनगढीमा बसेर सेवा दिन्छन् ।

त्यसका लागि डाक्टरलाई काम गर्ने सहज वातारवण हामी दिन सक्नु पर्छ’ उनले भने । नागरिक सरोकार समुहको सक्रियातापछि पछिल्लो वर्ष यता आएको चिकित्सकले नियमित सेवा दिईरहेका छन् ।

Karnali Traders

समुहले अस्पतालमा आउने चिकित्सकलाई स्वागतका साथै बिदाई भएर जानेलाई सम्मानकासाथ बिदाई गर्ने गरेको छ । साथै नागरिक स्तरबाट अस्पतालका हरेक गतिविधिलाई प्रभावकारी बनाउन समुहले काम गरिरहेको संयोजक बस्नेतले बताए ।

पछिल्लो समयमा अस्पताल सुधार हुदैँ गएको बताउँदै संयोजक बस्नेतले ‘अस्पतालका नराम्रा काम मात्रै सुनिन्छन्, धैरै राम्रो कुरा पनि छन्, कतिपय सुधारोन्मुख पनि छन् । त्यसको प्रचार कसैले गर्दैन्’ । उनले भने ।

साथै अस्पताल सुधारका लागि स्थानीयबाट चन्दा संकलन गरि काम गरिरहेको उल्लेख गदैँ कतिपयले नबुझेरै विभिन्न आरोप लगाउने गरेको उनले दुखेसो पोखे । त्यस्तै नागरिक सरोकार समुहका सदस्य उत्तम विष्टले पछिल्लो समयमा अस्पताल सुधार हुदैँ गएको बताए ।

उनले स्थानीयको सक्रितापछि अस्पताल सुधार हुदैँ गएको बताए । नागरिक सरोकार समुहले स्थानीयलाई अस्पतालप्रति जिम्मेवार बनाउन लागि परेको उनको भनाई छ ।
नागरिक सरोकार समुहमा हालसम्म एक सय छ स्थानीय आवद्ध भएका ।

त्यस्तै पछिल्लो समयमा बिरामीको चाप बढ्दैँ गइएको अस्पताल प्रशासनले जनाएको छ । लामो सयमदेखि विकास समिति बिहिन रहेको महाकाली अस्पलात समिति पाएपछि थप सुधार हुने विश्वास लिईएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.