सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली अञ्चल अस्पतालमा गणेशको मुर्ती

मदन गिरी
महेन्द्रनगर १७ भदौ ।
कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा गणेश भगवान्को मुर्ती स्थापना गरिएको छ । नागरिक सरोकार समुहको पहलमा अस्पताल परिसर अगाडी गणेश भगवानको मुर्ती सोमबार अनावरण गरिएको हो ।

महेन्द्रनगरको भगतपुर नेपाली सेनाको २५ नम्बर बाहिनीपती शंकर बहादुर पण्डीतले मुर्तीको अनावरण गरे ।नागरिक सरोकार समुह सदस्य उत्तम विष्टले विभिन्न दाताको सहयोगमा मुर्ती स्थापना गरिएको बताए ।

World Link Ads
Mahakali Polytechnic

मुर्ती निर्माणमा नेपालि सेना, महेन्द्रनगरका स्थानीय व्यापारि, समाजसेवि लगायतले सहयोगको उनको भनाई छ । अस्पताल परिसरमा राखिएको मुर्ती आर्दश खानेपानि तथा सरसफाई समिति भाँसीले समुहलाई प्रदान गरेको हो ।

साथै मुर्ती वरिपारि खुस्ब नर्सरकिो सहयोगमा सरोकार समुहले फुलबारी समेत लगाएको छ । त्यस्तै श्री गणेश सुख,शान्ती र सु–स्वास्थ्यको प्रतिक भएको अस्पतालमा मुर्ती राखिएको नागरिक सरोकार समुहका संयोजक लिलाध्वज बस्नेतले बताए ।

Sana Kishan

उनले हरेक नयाँ कुराको थालनी गणेश भगवानको पुजापछि गरिने बताउँदै ‘महाकाली अस्पताल सुधारका लागि नागरिक स्तरबाट पहल गरिहरको छौँ, त्यसैको सुभारम्भ पनि हो’ उनले भने । नागरिक सरोकार समुहले पछिल्लो एक वर्ष यता देखि निरन्तर अस्पताल सुधारको कार्य गर्दै आएको छ ।

मुर्ती अनावरण कार्यक्रममा महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष कृष्णदक्त जोशी लगायत, समाजसेवि, स्थानीयको सहभागीता रहेको थियो । मुर्ती अनावरण पछि अस्पतालका बिरामीलाई फलफुल र मिठाई समेत बाँडिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.