सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका उखु किसानले पाएनन् नौ महिनासम्म अनुदान

330
Sana Kishan

खबर संवाददाता
कञ्चनपुर १६ भदौ ।
कञ्चनपुरका उखु किसानले नौ महिना देखि अनुदान रकम पाउन सकेका छैनन् । सरकारले दिने भनेको अनुदान रकम नपाएपछि स्थानीय किसान आन्दोलित भएका छन् ।
संघीय सरकारले उखुमा किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।

सोहिअनसार, गत आर्थिक वर्ष २०७५÷७६ मै उपलब्ध गराउनुपर्ने अनुदान रकम अझै पाउन सकेका छैनन् । उखु बिक्री गरेको नौ महिनासम्म रकम नपाएपछि अनुदान नपाएको किसानले गुनासो गरेका छन् ।

Arus

अनुदानको रकम नपाएपछि किसान आन्दोलित भएका छन् । सरकारले उखुको समर्थन मूल्य तोकेको थियो । सरकारले दिने अनुदान घटाएर महाकाली र भागेश्वर सुगर उद्योगले किसानबाट उखु खरिद गरेको थियो । गत वर्ष तीन हजार क्विन्टल उखु बिक्री गरे पनि अहिलेसम्म अनुदान रकम नभएको बेलौरी नगरपालिका–६ का उखु किसान गगनसिंह विष्टले गुनासो गरे ।

Karnali Traders

त्यस्तै, बेलौरी–६ कै वीरबहादुर चौधरीले एक हजार पाँच सय क्विन्टल उखु बिक्री गरे पनि अनुदान नपाएको बताए । ‘सरकारभन्दा त निजी उद्योगले समयमै भुक्तानी रकम दिएका छन्,’ उनले भने, ‘सरकारले अनुदान रकम घोषणा गर्दा हर्षित भएका थियौँ । तर,अहिलेसम्म अनुदान पाएनौँ ।’

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले विगतमा उद्योगमार्फत नै अनुदान रकम उपलब्ध गराउँदै आएको बताए । तर, अहिले आफैँले वितरण गर्न खोज्दा समस्या भएको उनको भनाइ छ । उद्योगले चिनी बिक्री गरेबापत सरकारलाई तिर्नुपर्ने भ्याटमा सरकारले छुट गर्ने र त्यो छुटबाट पाएको रकम किसानलाई उखुको सर्मथन मूल्यमा दिने गरेको थियो । यसपटक भने आफैँले दिन खोज्दा ढिलाइ भइरहेको उनले बताए ।

कञ्चनपुरका ६ हजार उखु किसानले अनुदान रकम पाएका छैनन् । अनुदान रकम नपाएपछि बेलौरीको खबरदारी तथा पैरवी समितिले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.