सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफ्नो नाममा रहेको सिममात्र प्रयोग गर्न दूरसञ्चार प्राधिकरणको अनुरोध

काठमाडौं १६ भदौ ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेवाग्राहीलाई आफ्नो नामको सिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै आफ्नो नामको मात्र मोबाइल सिम प्रयोगका लागि आग्रह गरेको हो ।

नेपाल सरकारले विद्युतीय प्रविधिमार्फत सरकारी सेवा प्रदान गर्ने उद्देश्यले ल्याउन लागेको नागरिक एप तयार भइसकेको छ । सो एपलाई प्रयोगकर्ताको मोबाइल नम्बरसँग जोड्न लागिएकाले मोबाइल सेवाग्राहीलाई आफ्नो नाममा मात्र रहेको सिम प्रयोग गर्न अनुरोध गरिएको हो ।

Sana Kishan

‘सरकारले ल्याउन लागेको नागरिक एपमा सेवाग्राहीको पहिचानका लागि मोबाइल नम्बर प्रयोग हुनेछ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘अर्काको नामको सिमबाट आपराधिक क्रियाकलापका साथै गलत र अवैध प्रयोगको जोखिम हुन सक्छ ।’

World Link Ads
Mahakali Polytechnic

अन्य कसैको नामको सिम प्रयोग गरिरहेको भए पनि सो सिमलाई आफ्नो नाममा दर्ता गर्न सकिने प्राधिकरणले बताएको छ । सो एपमार्फत सरकारले आफ्ना विभिन्न सुविधा सीधै सेवाग्राहीलाई उपलब्ध गराउने र सहजता प्रदान गर्ने उद्देश्य लिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.