सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा विद्युत आपुर्तीको माग

522
Sana Kishan

खबर सवांददाता
बैतडी १६ भदौ ।
बैतडीका जनप्रतिनिधिहरुले विद्युत समस्या रहेका विभिन्न स्थानीय तहमा आपुर्तीको माग गरेका छन् । जिल्लाका जनप्रतिनिधिहरुले पञ्चेश्वर गाँउपालिका लगायत विभिन्न ठाँउमा विद्युत आपुर्तीका लागि प्राधिकरणसँग माग रहेका हुन् ।

आईतबार बैतडीका संघिय संसद दामोदर भण्डारी नेतृत्वको टिमले नेपाल विद्युत प्राधिकरणका प्रमुख एंवम महानिर्देशक कुलमान घिसिङलाई भेटेर जिल्लामा पुर्ण रुपमा विद्युत आपुर्तीको वातारण मिलाउन आग्रह गरेका हुन् ।

Arus
Karnali Traders

लामो समय देखि विद्युतको समस्या रहेका क्षेत्रमा तत्काल समाधानका लागि पहल गरिएको हो । छ वडा रहेको पञ्चेश्वर गाउँपालिका पाँच वडामा बिजुलीको पहँुच पुगेको छैन । भने जिल्लाका अधिकाशं स्थानीय तहमा पुर्ण रुपमा विद्युत सेवा पुगेको छैन् । बिजुली नहँदा जिल्लाबासी सोलार र मट्टीतेलको प्रयोग गर्न बाध्य छन ।

बैतडीका संघीय सांसद भण्डारी नेतृत्वको टोलिमा नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद पुरन सिंह दयाल, पन्चेश्वर गाँउपालिकाका अध्यक्ष गोरख बहादुर लगायतका जनप्रतिनिधि र नेताको सहभागीता रहेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.