सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खसीबोका आयातमा कडाइः दशैंमा मासु महँगीने, खसीको मासु प्रतिकेजी १५००

1,266
Sana Kishan

काठमाडौं १६ भदौ ।
यस पालिको दैशँमा मासु भाउ महँगीने देखिइएको छ । सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैंमा मासु महँगो हुने भएको हो ।
व्यवसायीहरूका अनुसार दशैंमा खसीको तयारी मासु प्रतिकेजी रू. १५०० भन्दा माथि पुग्न सक्नेछ ।

हाल काठमाडौं उपत्यकामा दैनिक एक हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ । केही समय यता सरकारले भारतबाट आयात हुने खसीबोकाको आयातमा कडाइ गरिरहेको छ । चौपाया खरीद विक्री संघका अनुसार दशैं तिहारको समयमा उपत्यकामा मात्रै करीब ५० हजार खसीबोकाको माग हुन्छ । उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन ।

Arus

सरकारी कडाइले गर्दा दशैंमा भारतबाट लुकिछिपी खसीबोका ल्याइने र मासुको मूल्य बढ्ने सम्भावना रहेको संघका संरक्षक दीपक थापाले बताए । उनका अनुसार हाल व्यवसायीहरूले भारतबाट लुकिछिपी खसीबोका ल्याएर नेपालका भन्दै बेचिरहेका छन् । यसले गर्दा दशैंमा जिउँदो खसीको मूल्य प्रतिकिलो रू. ८०० र तयारी मासु प्रतिकेजी रू. १५०० भन्दा माथिसम्म पुग्न सक्ने थापाले बताए । हाल उपत्यकामा जिउँदो खसीको मासु प्रतिकेजी रू. ६०० र तयारी मासु प्रतिकेजी रू. १३०० छ ।

Karnali Traders

खसीबोका व्यवसायी रामबहादुर कार्की आयातमा कडाइ गरिएकाले नेपाली कृषकलाई फाइदा हुने बताउँछन् । उनले भने, ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नकै लागि सरकारले खसीबोका आयातमा कडाइ गरेको हो ।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल भने मन्त्रालयले खसी बोका आयातमा कडाइ गरेको स्वीकार्दैनन् ।

उनले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टाइन परीक्षण मात्र गरिएको बताउँदै भने, ‘अस्वस्थ खसीबोकाको आयातमा मात्र रोक लगाइएको हो ।’ क्वारेन्टाइन परीक्षण गर्न भने नरोकिने उनको भनाइ छ । दशैंमा भेडारच्याङ्ग्राको अभाव हुन नदिने गरी सरकारले तयारी गरेको ढकालको दाबी छ । सरकारले चीनतिरको नाका केरुङबाट आउने भेडारच्याङ्ग्राको आयातमा सहजीकरण गर्ने बताउँदै आएको छ ।

सरकारले क्वारेन्टाइन परीक्षणमा कडाइ गरेसँगै गत आर्थिक वर्ष २०७५र७६ मा खसी बोकाको आयातमा उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो वर्ष नेपालमा रू. २ अर्ब ६५ करोडको खसीबोका आयात भएको थियो । अघिल्लो आवको तुलनामा यो २० प्रतिशत कम हो ।

आव २०७१र७२ मा रू. १ अर्ब ६८ करोडको आयात भएकोमा २०७२र७३ मा ६० प्रतिशतले बढेर रू. २ अर्ब ६८ करोडको आयात भएको थियो । २०७३र७४ मा २७ प्रतिशतले आयात घटेको थियो भने २०७४र७५ मा ७० प्रतिशतले बढेको थियो । आर्थिक अभियान

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.