सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोक संस्कृति संरक्षणका लागि वेदकोटका थारु बस्तीमा अटवारीको रौनक

पश्चिम नेपाल कञ्चनपुर सहितका जिल्लाका थारु समुदायका बस्तीमा अटवारीको रौनक चलिरहेको छ । थारु समुदायले परापुर्वकालदेखि मनाउदै आएको अटवारी यस बर्षपनि धुमधामका साथ मनाईरहेका छन् ।
भाद्र कृष्ण जन्माष्टमी पछिको आठौँ आईतबारदेखि पश्चिम नेपालका थारु समुदायले ‘अटवारी पर्व’ मनाउदै आएका हुन् । कञ्चनपुरका पनि विभिन्न थारु समुदाय बस्तीमा अटवारीको रौनक चलिरहेको छ । बेदकोट नगरपालिका–५ धरमपुरमा अटवारी मिलन कार्यक्रम नै आयोजना गरिएको छ ।
बेदकोट नगरपालिका, थारु कार्यकारणी सभा, सन्जिवनी नेपाल सहितको संघ संस्थाले सामाजिक सदभावका प्रर्वबद्धनका लागि भन्दै अटवारी मिलन कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागिले अटवारी थारु समुदायको ऐतिहासिक पर्व भएकाले संरक्षण सम्र्बद्धनमा जोडदिए ।
विवित जातिय समुदायले मनाउने पर्व धार्मिक रुपमा पनि महत्व हुने भएकाले धर्म संस्कृतिको जोर्गेनामा जोडदिएका हुन् । कार्यक्रमका सभापति समेत रहेका बेदकोट नगरपालिका ५ वडाअध्यक्ष गणेश नेपाल(कुसल)ले थारु समुदायको अटवारी पर्वलाई संरक्षण एव सम्र्बद्धनमा गर्नुपर्ने बताए । उनले सदियौँदेखि थारुपहाडी समुदाय मिलेर बसेको बताउदै यस्तै पर्वका माध्यमबाट थप सद्भाव बलियो बनाउनुपर्नेमा जोडदिए । थारु समुदायका विवाहित दिदिबहिनीको सुरक्षाका लागि मनाउदै आएको पर्व घर घरमा बिजोडा विभिन्न पाँच, सात अर्थात नौ खानाका परिकार पकाएर दिदिबहिनीको घरमा पु¥याउँछन् ।

लामो समयपछि भेटघाट र विभिन्न मिठामिठा खानेपरिवार खुवाउने चलन छ । महिला र पुरुषले आइतबार व्रत बसेर विभिन्न खानाका परिकार पकाएर भोलीपल्ट दिदिबहिनीलाई खुवाउने चलन छ । देवतालाई गोबर, अग्नी र भूमिमा खाने परिवार अन्न चढार मात्रै परिवार खाने चलन छ । कञ्चनपुरका थारु बुद्धिजिवी बल बहादुर डगैराले अटवारीको ऐतिहासिक सामरिक महत्व रहेको बताए । दाजुभाई–दिदिबहिनी विच सदभाव बृद्धिका लागि पर्वको मुख्य विषेशता रहेको बताए । ‘अटवारीमा पकाएर खानेपरिवार छोरीबेटीको घरमा पु¥याउँछन्, ‘उनले भने, ‘छोरीको घरमा जाँदा छोरीका समस्या बुझ्दै सद्भाव प्रकट गरिन्छ ।’ चेलिबेटीको सुरक्षाका लागि अटवारी पर्व मनाउने गरेको उनले बताए । पौराणिक कालखण्डमा पाण्डपले राज्य विस्तारका क्रममा थारु र अन्य समुदायविचको लडाईमा थारुको पराजय हुँदा थारु समुदायका छोरीबेटीमाथी आक्र्रमण हुने बन्धक बनाईने भएकाले त्यसको प्रतिकार छोरीबेटी सुरक्षाका लागि अटवारी पर्व मनाउने उनले बताए ।
बेदकोट नगरका प्रमुख अशोक चन्दले बषौँदेखि पश्चिम नेपालमा बस्दै आएका थारु समुदायको अटवारी पर्वले समाजिक सदभाव प्रकट गरेको बताए । नगरपालिकाले अटवारी, आदिवासी दिवस र राना समुदायको साउन भदौँमा मनाईने तीजको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको बताउदै बेदकोट नगरकै निर्णयलाई सुपप्रदेश सरकारले समेत अबलम्बन गर्दै गत बर्षदेखि सार्वजनिक विदा दिने गरेको छ ।
‘बषौँदेखि थारु समुदायले मनाउने विजयी पर्वको दिन अटवारी हो, ‘उनले भने, ‘भीमको पुजा गरेर घरपरिवार, पाहुनालाई स्वागत गरिने पश्चिम नेपालका थारु समुदायको संस्कृती संरक्षण गर्नुपर्छ ।’

नेपालका थारु समुदायले मनाउदै आएको पर्व प्रर्बदनका साथै संरक्षणका लागि राज्य स्तरबाट नीति बनाउनुपर्नेमा यहाँका सरोकारवालाको समेत भूमिका हुने थारु अगुवाको बुझाई छ । थारु समुदायले मनाउने अटवारी पर्वको सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

विदासंगै आईतबारदेखि थारु समुदायमा धुमधामका साथ पर्व मनाईरहेका छन् । थारु समुदायका अगुवा जेष्ठ नागरिकले भने आधुनिकतासंगै पर्वमाथी चुनौती थपिएको चिन्ता व्यक्त गरेका छन । थारु समुदायकी अगुवा एव पुर्व संविधान सभा सदस्य दुर्गा खुनाले अटवारी पर्व थारु समुदायको गहना एव पहिचान भएकाले पर्व संरक्षणमा जोडदिए । उनले स्थानीय वडादेखि सरकारी संयन्त्रले थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कार्यक्रम संचालन गर्न आग्रह गरिन् । कार्यक्रममा थारु परिवार समेत खुवाईएको थियो ।

janasarokarpost बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.