सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एटिएम ह्याक गरि नेपाली बैकबाट लुटियो १ करोड ६८ लाख

‘ह्याकबाट प्रत्यक्ष बैंकको पैसा गुम्यो, ग्राहकको खाता सुरक्षित’

336
Sana Kishan

महेन्द्रनगर १५ भदौ ।

चिनियाँ बैंकिङ ह्याकर समुहले नेपालका बैंकको एटिएम ह्याक गरि ठुलो रकम लुटेका छन् । चिनियाँ बैंकिङ ह्याकर समुहले नेपालका विभिन्न बैकहरुको एटीएम ह्याक गरि एक करोड ६८ लाख ५४ हजार सात सय नेपाली रुपयाँ लुटेका हुन् ।

Arus

लुटिएको मध्ये हालसम्म एक करोड २६ लाख २९ हजार ४५ नेपाली मुद्रा बरामद भएको प्रहरीले बताएको छ । चाइनिज ह्याकर समूहले काठमाडौंको दरवारमार्ग लगायत विभिन्न स्थानमा रहेका प्रभु,नविल लगायतका बैंको एटिएम बुथबाट सो रकम निकालेका हुन् ।

Karnali Traders

उनीहरुले नक्कली भिसाकार्डको प्रयोग गरी सो परिमाणको रकम निकाललेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर टेकुले आइतवार पत्रकार सम्मेलन गरी बरामद रकम सार्वजनिक गर्दै विभिन्न बैंकका बचतकर्ताहरुको खातामा रहेको रकम भने सुरक्षित रहेको बताएको छ ।

प्रहरीले सो घटनामा संलग्न भएका पाँच जना चिनियाँ नागरिकलाई सार्वजनिक पनि गरेको छ । उनीहरु गत शनिवार नेपालको अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए । उनीहरुको सोमवार चिन फर्किने योजना समेत रहेको प्रहरीले बताएको छ ।

अभियुक्तहरुबाट नेपाली मुद्रा १ करोड २६ लाख २९ हजार ४५,अमेरिकन डलर ९ हजार १०८, चाइनिज मुद्रा १ हजार १९१,यूरो२५०, क्याम्बोडियन ५ हजार, हङकङ डलर ८० सहित नक्कली भिषा कार्ड १३२ थान, सक्कली भिषा कार्ड १७ थान,कार्ड प्रिन्टर मेसिन एक थान,मोवाइल ६ थान, ल्यापटप एक थान,डाटा कार्ड एक थान बरामद भएकोे पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.