सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सन्तानलाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्दा कर तिर्नु पर्ने

287
Sana Kishan

१५ भदौ काठमाडौं ।
सरकारले राजस्व संललनको दायरा बढाउँदै पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउने तयारी गरको छ । यो कर लागु भए नागरिकले पैतृक सम्पत्ति हस्तान्तरणमा राज्यलाईकर तिनुर्् पर्ने छ ।

यसलाई सरकार आफैले घोषणा नगरी ‘राजस्व बोर्ड’मार्फत टुङ्गोमा पुग्ने योजना रहेको छ । वर्तमान कानूनी प्रवधान अनुसार तीन पुस्ताभित्रको पैतृक सम्पत्ति हस्तान्तरण गर्दा रजिस्ट्रेशन शुल्कबाहेक अन्य कुनै कर तिर्नु पर्दैन ।

Arus

राजस्व बढाउन प्रयत्नशील रहेको सरकारले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने मनसायका साथ अर्थ मन्त्रालयले आन्तरिक छलफल गरिरहेको छ । ‘सन्तानलाई आफ्नो सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउने विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको छ,’ नेपाल चेम्बर अफ कमर्शले हालै गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘यो बहस शुरुआती विन्दुमा छ, राजस्व बोर्डमार्फत यसको टुंगो लगाइनेछ ।’

Karnali Traders

‘पैतृक सम्पत्ति हस्तान्तरणमा संसारका धेरै देशले असल अभ्यास गरिरहेका र त्यस्तै मोडलमा नेपालले पनि कर लगाउने बारेमा छलफल अघि बढाएको’ अर्थमन्त्री खतिवडाले स्पष्ट पारे । ब्रिटेन, अमेरिका, जापान लगायत विभिन्न देशमा पुर्ख्यौली सम्पत्तिमा मोटो ‘इन्हेरिटेन्स ट्याक्स’ वा यस्तै प्रकारको कर लगाइन्छ ।

अर्थ मन्त्रालयमा भइरहेको प्रारम्भिक छलफलमा सम्पत्तिको मूल्यांकन अनुसार विभिन्न स्ल्याब निर्धारण गर्ने तयारी छ । अन्यन्तै न्यून मूल्यका सम्पत्तिको हक हस्तान्तरण गर्दा कर नलाग्ने र महँगा सम्पत्ति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दा कर लगाउन सकिने गरी छलफल अघि बढिरहेको मन्त्रालय स्रोत बताउँछ ।

स्रोतका अनुसार सम्पत्ति हस्तान्तरण गरिँदा कर तिर्ने पैसा नभए पैतृक रूपमा पाउने सम्पत्ति बेचेर तिर्नुपर्ने अथवा सो सम्पत्ति बैंकमा धितो राखेर पैसा निकाली तिर्नुपर्ने विकल्प दिनेबारे पनि छलफल भइरहेको छ । आर्थिक अभियान

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.