सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम विश्वविद्यालयः तत्काल तालाबन्दी खोल्न प्राध्यापक संघको माग

महेन्द्रनगर १४ भदौ ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाईएको तालाबन्दी खोल्न प्राध्यापक संघले माग गरेको छ । विश्वविद्यालयको प्राध्यापक संघले विगत पाँच महिना देखि लागेको तालाबन्दी तत्काल खोल्नु पर्ने माग अघि सारेको छ ।

शनिबार प्राध्यापक संघले प्रेस विज्ञप्ती जारी गदैँ विश्वविद्यालयलयलाई अनिर्णयको बन्दी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

संघका सभापति उत्तम थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न माग राख्दैँ नेवि संघले गरेको तालाबन्दीमा संघको गम्भीर ध्यानार्कषण भएको उल्लेख गदैँ विश्वविद्यालयप्रति जिम्मेवार भई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने जनाईएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

संघका सभापती थापाले तालाबन्दीका कारण विश्वविद्यालयका प्रशासनिक गतिविधि प्रभावित भएको बताए । उनले तालाबन्दीले विद्यार्थी, प्राध्यापक, कर्मचारी सबै मारमा परेको बताए । साथै तालाबन्दी खोल्न संघले बेलाबेलामा पहल गदैँ आएको उनको भनाई छ ।

Dirghayu Ads

साथै संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाईएको तालाबन्दी तत्काल खोल्नका लागि कुलपति एंव्म प्रधानमन्त्री केपी ओलीलाई समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

साथै संघले विश्वविद्यालयको समग्र विकासका लागि सबैले जिम्मेवार हुन आग्रह गदैँ तालाबन्दी खोल्न तत्काल पहल नगरिए संघ कडा कदम चाल्न बाध्य हुने चेतावनि समेत दिएको छ ।
प्रेस विज्ञप्ती

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.