सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘सुदूरपश्चिमको मौलिक पहिचान देउडा’: राज्यमन्त्री रावल

मदन गिरी
महेन्द्रनगर १४ भदौ ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण राजयमन्त्री प्रकास रावलले देउडा सुदूरपश्चिमको मौलिक पहिचानको रुपमा रहेको बताएका छन् ।

शनिबार महेन्द्रनगरका गौरा पर्वका आयोजना खप्तड समाजले आयोजना गरेको देउडा कार्यक्रमको समापन गर्दै राज्यमन्त्री रावलले यसो बताएका हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले देउडा सुदूरपश्चिमको मौलिक संस्कृती भएको उल्लेख गर्दैँ त्यसको जर्गेना गर्न सबैलाई आग्रह गरे । ‘देउडा हाम्रो मौलिक संस्कती हो, हाम्रो संस्कती, पहिचान र मुल्य मान्यताको सबैले संरक्षण गर्न पर्छ’ राज्यमन्त्री रावलले भने । कार्यक्रमका प्रमुख अतिथि रहेको राज्यमन्त्री रावलले सुदूरपश्चिममा कला, संस्कतीको संरक्षणमा प्रदेश सरकारले पनि विशेष जोड दिएको बताए ।

Dirghayu Ads

उनले आउँदो मंसिरमा प्रदेश सरकारले देउडा प्रतियोगिता समेत आयोजना गर्न लागेको कार्यक्रममा जानकारी दिए ।

कला संस्कतीको संरक्षणसँगै आर्थिक समृद्धीका लागी पर्यटनसँग जोड्नु पर्ने बताए । उनले कलालाई पर्यटनसँग जोडेर आर्थिक रुपमा प्रदेशलाई अब्बल बनाउन सकिने उनेको भनाई छ ।

साथै देउडा प्रतियोगिताको समापन कार्यक्रममा आठ जना देउडीयालाई खप्तड समाजले सम्मान समेत गरेको छ । उनिहरुलाई राज्यमन्त्री रावलले प्रमाण पत्रसहित सम्मान गरे ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.