सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा दोस्रो कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ हुने

बेलौरी,
कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा दोस्रो कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ हुने भएको छ ।

आज पत्रकार सम्मेन गर्दै आयोजक पूर्व विद्यार्थी समाज श्री शान्ती माविले सो कुरा जानकारी गराएको हो।
कञ्चनपुरको चुनावी क्षेत्र नं. १ का गरिब तथा अनाथ बालवालिकाहरुको सहयोगार्थ महोत्सवको आयोजना गर्न लागिएको मुल आयोजक समितिका सँयोजक रामेश्वर नौपानेले बताउनु भयो।

महोत्सवबाट सँकलन गरिएको रकम बेलौरी नगरपालिका भित्रका विभिन्न सरकारी स्कुलमा अध्ययनरत गरिब तथा अनाथ बालवालिका लाई अध्ययनका लागी सहयोग रकम हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

राज्यबाट उपेक्षित गरिएको यस क्षेत्रको प्रवर्घन र सम्वर्धनका लागि आउँदो कार्तिक २१ देखि मँसिर १ गते सम्म बेलौरीको खुला मञ्चमा महोत्सव सञ्चालन हुने कुराको जानकारी पत्रकार सममेलन मार्फत जानकारी गराएका थिए ।

यस महोत्सवमा कृषि प्रदर्शनी, बालउद्यान, विभिन्न समुदायका मौलिक हस्तकलाका सामाग्री आदी प्रबर्धन गरिनुका साथै स्थानिय पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गरिने आयोजकले जनाएको छ। यसलाई पर्यादित र शान्त संग सभ्य र भब्य रुपमा सञ्चालन गर्नका लागि मुल समिति ,उपसमितिहरु समेत चयन गरेको बताए ।

महोत्सवका लागि एक सय पचास स्टल रहने छ , १० दिन सम्म चल्ने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले बताएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.