सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनआरएनए कोरियालाई पारदर्शी र मजदुर मैत्री बनाउछु- जोशी

सिओल, दक्षिण कोरिया

350
Sana Kishan

कोरियामा एनआरएनएको सातौं महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका उम्मेदवार धर्मराज जोशी ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन । बिगत लामो समयदेखि कोरियामा बस्दै आएका जोशी बिभिन्न सामाजिक संघ संस्थाहरुमा लामो समयदेखि सक्रिय छन । एनआरएनए दक्षिण कोरियाका पूर्व केन्द्रीय सदस्य, सेवक नेपालका संस्थापक सदस्य एबं सुदुरपश्चिम समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष समेत रहेका जोशी एनआरएनए दक्षिण कोरियालाई कोरियामा रहेका सबै नेपालीहरुको आस्था र बिश्वासको केन्द्र बनाएर संस्थालाई पारदर्शी र मजदुर मैत्री बनाएर अगाडी बढाउन आफू प्रयत्नशील रहने बताउछन । उहाँले सार्वजनिक गर्नु भएको चुनावी प्रतिबद्धता

एनआरएनए कोरियाको महासचिवमा मेरो उम्मेदवारी किन

Arus
Karnali Traders

बिभिन्न व्यवसाय, रोजगारी वा अन्य कारणले छ महिनाभन्दा बढी समयदेखि विदेशमा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरूको साझा संस्था ‘गैर आवासीय नेपाली संघ(NRNA)’ को स्थापना सन् २००३ मा भएको हो। ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा रहेको यसको उद्देश्य नेपाल र संसारभर रहेका नेपाली बीच संजाल विस्तार गर्ने, गैर आवासीय नेपालीहरूले नेपाल आवत जावत गर्दा आउने कानुनी अड्चनको समाधान खोज्ने र नापालको पर्यटन, जलविद्युत, सूचना-प्रविधि, पूर्वाधार आदिमा लगानी गर्ने एवं नेपालको मौलिक परम्परा,कला संस्कृतिलाई विस्तार एवं पर्वद्धन गरी राष्ट्रको आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउनु रहेको छ। नयाँ संविधानले नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपालीको नागरिकता समेत व्यवस्था गरेकाले यो नेपाल सरकारले समेत मान्यता दिएको ठूलो संस्था हो भन्ने आधारको पुष्टि हुन्छ ।


स्थापनाको करीब १६ वर्ष पुग्न लाग्दा नवौँ विश्व सम्मेलन हुने चरणमा छ र करीब ८० मुलुकमा NRNA को संजाल फैलिएको छ। कोरियामा पनि एनआरएनए राष्ट्रिय समन्वय परिषदको सातौं अधिवेशन हुने क्रममा छ। कोरियामा रहेका मेरा शुभचिन्तक एवं शुभेच्छुक सामाजिक अभियन्ता साथीहरूको अनुरोध मा यो अधिवेशनमा मैले महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। मेरो उम्मेदवारी किन? भन्ने सन्दर्भमा आफ्ना धारणा/अभिमतहरु निम्न वमोजिम यहाँहरु समक्ष राख्न गर्न चाहन्छु।


१.एनआरएनएलाई समय सापेक्ष बनाएर वास्तविक सहकारिता र सामुहिक लगानीको अवधारणा अनुरूप सबैको आस्था र बिश्वासको केन्द्र बनाउदै उद्देश्य प्राप्तिका लागि इमान्दार भएर क्रियाशील रहनेछु।
२.संस्थामा पद्धति, पारदर्शिता, मितव्ययिता र जवाफदेहितामा जोड दिनेछु।
३.कोरियामा रहेको नेपाली समुदायलाई
एन आर एनए प्रति आकर्षित गर्न,
उनीहरूले सिकेको सीपलाई नेपालमा
स्थानान्तरण गर्न र उनीहरूको हक, हित,
भलाई एवं सर्वाङ्गीण विकासका लागि
प्रयत्नशील रहनेछु।
४.कोरियामा रहेका बहुसंख्यक श्रमिक
साथीहरूको समस्या न्युनीकरण गर्नका
लागि सबै सामाजिक संघ संस्थाहरू
एवं नेपाली दूतवाससंग समेत एकीकृत
रूपमा समन्वय गरी एन आर एन को
भूमिकालाई अझ प्रभावकारी बनाउने
प्रतिवद्धता व्यक्त गर्दछु।
५.दिर्घकालीन आपतकालीन कोष निर्माण
गर्न साझा अवधारणा बनाई कार्यान्वयन
गर्न पहल गर्नेछु।
६.एनआरएनए अन्तर्राष्ट्रिय समन्वय
परिषदसंग समन्वय गरेर नेपालमा
सुरक्षित लगानीको संभाव्यताका बारेमा
संवन्धित क्षेत्रका विज्ञहरू बोलाई
आवधिक रूपमा अन्तक्रिया, गोष्ठी,
सेमिनार कार्यशाला आयोजना गर्न
तत्पर रहनेछु।
७. भिजिट नेपाल -२०२० लाई सफल
बनाउन आवश्यक प्रचार प्रसार गर्ने र
बढी भन्दा भन्दा बढी कोरियन पर्यटक
हरूलाई नेपाल भ्रमणका लागि अनुरोध
गर्ने कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा
जोड दिनेछु ।

तसर्थ एनआरएनए कोरियाका सम्पूर्ण अभियन्ता एवं सदस्यज्यूहरूले कोरिया बसाइँको क्रममा नेपाली समुदायको हित र भलाईका पक्षमा मेरो सामाजिक सक्रियता र योगदानलाई मूल्यांकन गरी यहाँहरुको साथ र सहयोग पाउने पूर्ण आशाका साथ उक्त पदमा मलाई विजयी गराई दिन हुन हार्दिक अनुरोध गर्दछु ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.