सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनजाति, मधेसी र अपांगताको आरक्षण कटौती गरिदैँ

१४ भदौ ।
निजामतीमा आदिवासी जनजाति र मधेसीलाई आरक्षण कोटा कटौती गरिने भएको छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले थारू र मुस्लिमलाई भने छुट्टै व्यवस्था गरिएको छ ।

जनजाति कोटामा ३ प्रतिशत र मधेसी कोटामा २ प्रतिशत कटौती प्रस्ताव गरिएको छ । यहीअनुसार विधेयक पारित भए जनजातिको कोटा २७ बाट २४ प्रतिशतमा सीमित हुनेछ ।

Sana Kishan

मधेसीको २२ बाट २० प्रतिशतमा झर्नेछ । अपांगताको हकमा पनि कोटा कटौती प्रस्ताव गरिएको छ । उनीहरूले पाँच प्रतिशत आरक्षण पाउँदै आएकामा विधेयकमा तीन प्रतिशतको व्यवस्था गरिएको छ ।
त्यस्तै थारूलाई चार र मुस्लिमलाई तीन प्रतिशत कोटा छुट्याइएको छ । यसअघि थारूलाई आदिवासी जनजाति र मुस्लिमलाई मधेसीको कोटामा राखिएको थियो । दलित र पिछडिएको क्षेत्रको कोटा यथावत राख्ने प्रस्ताव गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत छुटाएर शतप्रतिशत मानी प्रतिस्पर्धा गराइनेछ । जसमा महिला ३३, दलित ९, पिछडिएको क्षेत्र ४ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ । यो समाचार अन्नपुर्ण पोष्टबाट लिएको हौँ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.