सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बहुविवाह गरे सरकारी जागिर नपाउने

319
Sana Kishan

१४ भदौ ।
अब बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्न लागेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको उल्लेख छ ।

त्यस्तै अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन् । जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी, जातीय छुवाछूत वा नैतिक पतन रहेका छन् ।

Arus
Karnali Traders

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले ऐनमा यसअघि बहुविवाहबारे व्यवस्था नभएको बताए । उनका अनुसार नयाँ बन्न लागेको काननुले बहुविवाह गर्ने कर्मचारीले निवृत्तिभरणसमेत पाउने छैनन् ।

‘यो बन्न लागेको काननुमा फौजदारी संहिताले पनि बहुविवाहलाई अपराध मानेको छ, निजामती सेवामा संहिताअनुकूल हुने गरी नयाँ व्यवस्था राखिएको हुन सक्छ’ प्रवक्ता सञ्जीव रेग्मीले भने, ‘पहिला नैतिक आचरणको विषय हुने व्यवस्था थियो, कर्मचारीको हकमा बहुविवाह गरेको व्यक्ति अयोग्य हुने भनेर कतै व्यवस्था थिएन ।’ यो समाचार अन्नपुर्ण पोष्टबाट लिएको हौँ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.