सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनै लोभ्याउने लिङ्गा

स्थानीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र

665
Sana Kishan

महेन्द्रनगर १३ भदौ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत कञ्चनपुरको दैजी बजारबाट करिब ८ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा रहेको पहाडको मनमोहक दृष्यले जो कोहिको पनि मन लोभिन्छ ।
चारैतिर हरियाली जंगल, सुन्दर शान्त वातावरण, कलकल बग्ने खोला, अनि मनै लोभ्याउने त्यो मनमोहक पहाड शिव लिङ्गा । शिव लिङ्गको आकारमा रहेका पहाड कै कारण यो ठाउँ लिङ्गेश्वर धामका रुपमा चिनिदैँ आएको छ ।

Arus

कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित चुरेको काखमा अवस्थित छ सिद्ध शिवलिङ्गेश्वर (लिङ्गा) धाम । चुरे पहाडको फेदमा झण्डै पाँच सय मिटरमा फैलिएको लिङ्गा केही वर्ष अघि सम्म खासै चर्चामा आउन सकेको थिएन् ।

स्थानीय सरकार निर्वाचित भएसँगै लिङ्गा क्षेत्रको प्रचारप्रसार एंव्म प्रर्वद्धनले पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्न सफल भएको छ ।
वर्षौदेखि नै अनौठा आकारका रहेका माटोको आकृतिसँगैको सेल्फी लिने, प्राकृतिक दृश्यावलोकनको आनन्द लिन दैनिक सयौँ पर्यटक यहाँ आउने गरेको छन् ।

यस्तो छ धार्मीक विश्वास

लिङ्गाको प्राकृतिक बनोवट सँगै पुरापुर्व कालदेखि रहिआएको धार्मीक आस्थाले पनि शिवलिङ्गेश्व धाममा ठुलो संख्यामा पर्यटक भित्रिने गरेका छन् । शिवलिङ्गेश्व धाममका पूजारी तारादत्त जोशीले प्रकृति उत्पत्ति भएकै बेला भूमी भित्र लिङ्ग रहेको विश्वास रहेको बताए ।

उनका अनुसार साविकको दैजी गाविसमा २०१८ सालमा वस्ती विस्तार भएपछि पानीको मुहान खोज्ने क्रममा त्यहाँ लिङ्गेश्वर बाबाको बास छ भन्ने कुरा पत्ता लागेको किवंदन्ती रहेको छ ।
चुरे हुदँै अहिलेको लिङ्गेश्वर धाम भएर बग्ने नदीबाट स्थानीयले सिचाँई र उपभोगका लागि नहर निर्माण गरेर गाँउ सम्म पानी पु¥याएका छन् । नहर निर्माण गरेरै गाँउमा पानी लगेपनि पानी एकाएक पानि घट्दैँ गयो । गाउँकै एकजना स्थानीयलाई राति सो क्षेत्रमा देवताको बास छ भन्ने कुरा सपनामा प्रकट भएपछि उक्त क्षेत्रमा शक्तिपिठ रहेको पक्ता लागेको उनको भनाई छ ।

Karnali Traders

सपनामै भगवानले सामूहिक पुजा गरे मात्रै पानी उपभोग गर्न मिल्ने कुरा भनेपछि स्थानीयले त्यसको भोलिपल्ट नै सामूहिक पूजा गरेपछि पानी खोलामा पनि नियमित सुचारु भएको पुजारी जोशीको भनाई छ । स्थानीयले चन्दा संकलनबाट मन्दिर स्थापना गरि वैजनाथ देवताको पुजा हुने समयमा हरेक वर्ष लिङ्गा क्षेत्रमा पुजा गदैँ आएको छन् ।
लिङ्गेश्वर धामको दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय जानकार बताउँछन् ।

स्थानीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र

पछिल्लो समयमा लिङ्गा लगायतका नगरका पर्यटकीय क्षेत्रको संरक्षण एंव्म सम्बद्र्धन तथा प्रचार प्रसार स्थानीय सरकारको प्राथमिकतामा परेको छ । नगरपालिकाले नगरका पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रर्वद्धनका लागि लागि भौतिक संरचना, सडक निर्माण तथा मर्मत सम्भारका लागि वजेट विनीयोजन गरेको काम गरिरहेको छ ।

वेदकोट नगर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल मध्ये छुट्टै विशेषता बोकेको लिङ्गेश्वर धामको विकासका लागि नगरपालिकाको योजनाबद्ध रुपमा काम भईरहेको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

उनका अनुसार शहरी विकास मन्त्रालयको सहयोगमा १७ करोडमा लिङ्गा र १९ करोडमा वेदकोट तालको संरक्षण र विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र मास्टर प्लान तयार पारिएको छ ।

उनले लिङ्गा र वेदकोटलाई एउटै धार्मिक तथा पर्यटकीय स्थलका रुपमा जोडेर विकास गरिने बताए । लिङ्गा र वेदकोट जोड्ने गरी सडक निर्माण अतिथि गृह, गेष्ट हाउस,पार्किङ स्थल, स्वीमिङ पुल लगायतका भौतिक संरचना निर्माण गरिने उनको भनाई छ ।

वेदकोट नगरपालिकाले वि.स. २०७५ साललाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेसँगै थप त्यस क्षेत्रको संरक्षण र प्रवर्दन भएको हो । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा, बैतडी लगायत नौवटै जिल्लासहित देशभरबाट पर्यटक आउने गरेका छन् ।

सुरुका दिनमा बाटोघाटो अभावमा पर्यटकले लिङ्गा सम्म पुग्न सक्ने अवस्था पनि थिएन भने अहिले स्थानीय सरकार, वेदकोट नगरपालिकाले सडक मर्मत सम्भार गरेको छ भने लिङ्गा क्षेत्रको संरक्षण गर्दै भौतिक संरचना निर्माणको कामलाई पनि अगाडी बढाएको छ।
सिद्धशिव लिङ्गा धामका पुजारी तारादत्त जोशीका अनुसार धाममा समान्य समयको भन्दा शुक्रबार र शनिबारको दिन पर्यटकको बढि भीड हुने गरेको छ। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा लगायत नौ वटै जिल्ला सहित देशभरबाट पर्यटक आउने गरेको उनले बताए। छिमेकी मुलुक भारतबाट समेत पर्यटक लिङ्गा क्षेत्रमा आउने गरेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.