सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सूदुरपश्चिमको महान् पर्व गौरा अमेरिकामा पनि भब्य रुपमा समापन ।

भरत बिस्ट : न्यूयॉर्क (अमेरिका)

620
Sana Kishan

नेपालको सूदुरपश्चिममा मनाइने गौरा पर्व अमेरिकाको न्यूयॉर्क राज्यको क्वीन्समा पनि अगस्ट २४ तारिक सनिबारका दिन दिब्यधाम मन्दिरमा दिनको ६ बजे देखि रातीको ११ बजेसम्म भब्य रुपमा सु-सम्पन्न भएको छ।



महिलाहरुले आफ्नो सौभाग्य र सम्वृध्दिका लागि मनाईने यस पर्वलाई बिगत ३ बर्ष देखि अमेरीकाको न्यूयॉर्कमा भव्यरुपमा मनाउदै गरीएको छ। पंचमीको दिनमा पंञ्चान्नको बिरुडा भिजाई प्रसादको रुपमा ग्रहण गरिने यस पर्वमा अष्टमीको दिन गौरादेबीलाई गौराघरमा भित्र्याई करिव एक सातासम्म धुमधामसंग मनाईने चलन रहेको सूदुरपश्चिम समाज अमेरिका, न्यूयॉर्कका कार्यबाहक अध्यक्ष दान सिंह बिस्ट ज्यूले भन्नुभयो।

Arus

Karnali Traders

आमा दिदिबहिनीहरूले फाग गाउदै गैारामाता र महेस्वर भगवानलाई भित्र्याएकाे थियाे भने पन्डित केसब फुलारा ज्युले पुजा आराधना गरी सबै सहभागी हरुलाई आशिर्बाद दिनु भयेा । सम्पुर्ण दाजुभाइ दिदीबहिनी र आमा बुबाकाे देउडा खेलमा मिलेकाे तालले कार्यक्रमलाई अझ बढी मनमाेहक बनाएकाे थियाे।



संयोजक रैभान महरा ज्यू काे दुरुस्त संयोजन तथा संस्था का काेसाअध्यक्ष नविन ओझा ज्यू काे कुसल कार्यक्रम सन्चालन का कारण कार्यक्रम अझ बढी उत्साहजनक भएकेा थियाे भने काउन्सलेट जेनेरल पुस्पराज भट्टराई ज्युले सुभकामना मन्तब्य दिनुभएकाे थियाे।


याे कार्यक्रममा सबैले उदार मन गरी गरेकाे आर्थिक सहभागीता र ब्यवस्थापन सहभागिताले सफलतापूर्वक सम्पन्न भएकाे छ। टेक्सास,क्यालीफरनिया,बॉस्टन र कनेक्टिकटका साथीहरुले पनि आर्थिक सहयाेग गर्नु भएकाे थियाे। सम्पुर्ण दाजुभाइ , दिदीबहिनी र आमा बुबाकाे देउडा खेलमा मिलेकाे तालले कार्यक्रमलाई अझ बढी मनमाेहक बनाएकाे थियाे।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.