सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पन्चेश्वर परियोजना तत्काल अगाडी बढ्ने

नरेश तिवारी
बैतडीर भदौ १२ ।
बर्षैँ देखी जनताको सपनामा मात्रै सिमीत रहेको पन्चेश्वर बहुउद्देशीय परियोजना सकारात्मक रुपमा अगाडी बढ्ने प्रधानमन्त्री के.पी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताएको छन् ।
बिहिबार काठमाण्डौमा बैतडी जिल्लाका संघीय सांसद माननीय दामोदर भण्डारीको लगायत को टोलीले भट्टराईसंगको भेटवार्तामा सल्लाहकार भट्टराईले यस्तो बताए ।

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचीब ईन्द्र भण्डारी, परराष्ट मन्त्रालयका सचिव शंकर बैरागी लगायतका पदाधिकारीहरुसंग बैतडी जिल्लाका संघीय सांसद माननीय दामोदर भण्डारी, नेकपा बैतडीका केन्द्रिय सदस्य तथा पुर्व सांसद पुरन सिंह दयालसहितको टोलीले भेटवार्ता गरेको पन्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

Sana Kishan


उनका अनुसार प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराइसँग पञ्चेश्वरका जल विद्युत परियोजना लगायतको विषयमा छलफल गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै भेटघाटका क्रममा बैतडी जिल्ला अन्तरगत पर्ने महाकाली नदी झुलाघाटमा मोटरवल तथा पन्चेश्वरमा झोलुङगेपुलको लागी छलफल गरिएको उनको भनाई छ ।
साथै पन्चेश्वर योजनाको काम सकारात्मक रुपमा अगाडी बढिरहेको प्रधानमन्त्रीका परराष्ट सल्लाहकार राजन भट्टराईले दावि गरे ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.