सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बहाई धर्मालम्बीको जोनल सेमिनार पुनर्वास नगरपालिकामा सुरु

पुनर्वास नगरपालिकामा बहाई धर्मालम्बीहको राष्ट्रिय जोनल सेमिनार

336
Sana Kishan

लाल बहादुर एस के
१२ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा बहाई धर्मालम्बीहरुको राष्ट्रिय स्तरको जोनल सेमिनार सुरु भएको छ । समुन्नत समाजको निर्माणार्थ बहाई धर्मावलम्बीका गतिविधिबारे पुनर्वास नगरपालिकामा बुधबका गतिविधिबारे पुनर्वास नगरपालिकामा बुधबारबाट सेमिनार सुरु गरिएको हो ।

बहाई धर्मालम्बीहरुको राष्ट्रिय स्तरको उक्त जोनल सेमिनारको पुनर्वास नगरपालिका वडा न २ मोतिबस्तिस्थिच सहिद स्मृति भवनमा नगर प्रमुख जिवनराज थापाले उद्घाटन गरे । भदौ ११ गते देखि सुरु भएको उक्त सेमिनार भदौ १७ गते सम्म चल्ने छ ।

Arus
Karnali Traders

उद्घाटन कार्याक्रममा पुनर्वास नगरपालिकाका स्थानीइ जनप्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी, शिक्षक लगायतका स्थानीयको सहभागीता रहेको थियो ।

त्यस्तै कार्यक्रममा बहाई समुदायको तर्फबाट एशिया महाद्वीपका लागि सल्लाहकार श्री ओमिद, राष्ट्रिय आध्यात्मिक सभाका सदस्यहरु, नेपालका क्षेत्रीय बहाई परिषदका सचीव तथा सदस्यहरु, तालीम प्रतिस्ठानका सदस्यहरु ,क्षेत्रीय सयोजक, कलस्टर समयोजक, कलस्टर सहजकर्ता तथा सहायक मन्डल सदस्यहरुको सहभागिता रहेको छ ।
पुनर्वास नगरपालिका प्रमुख थापाले बहाईहरुले असल र समुन्नत समाज निर्माणमा महत्वपुर्ण योगदान रहेको उल्लेख गरे ।

बहाई धर्मले सबैलाई मिलाएर लग्ने, एकता र शान्तिको सन्देश फैलाएको उनको भनाई छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.