सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साफ च्याम्पियनसिपः फाइनलका लागि आज नेपाल र भुटान भिड्दै ! जित कस्को ?

काठमाडौँ । भारतको कोलकातामा जारी साफ यू–१५ च्याम्पियनसिप अन्तर्गतको बिहीबार (आज) अन्तिम लिग खेल हुँदैछ । भारतको कल्याणी रङ्गशालामा जारी खेल अन्तरर्गत आज नेपाल र भुटान भिट्दै छन् ।

मंगलबार भएको खेलमा साविक विजेता बंगलादेशलाई नेपालले ४–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश र नेपालको समान ६–६ अंक भएपनि हेड टु हेडमा नेपाल बंगलादेशभन्दा अगाडि रहेको छ ।

Sana Kishan

यद्यपी नेपालका लागि फाइनलमा पुग्न भुटानविरुद्ध जित आवश्यक छ । मंगलबार नै भएको प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्ष स्थानमा छ । भारतले श्रीलंकालाई ५–० ले पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित हासिल गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

भारतले भुटानमाथि ७–० गोल अन्तर्गतले जित हात पारेको थियो । लिग चरणमा नै भारत बिहीबार बंगलादेशसँग भिड्दै छ । नेपालले भुटानलाई पराजित गरेको खण्डमा नेपाल फाइनलमा पुग्ने छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।
nepaltrending..

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.