सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मझगाउ विमान स्थल सुचारुका लागि संघर्ष समिति संघीय राजधानीतिर

205
Sana Kishan

कञ्चनपुर,

बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ संघर्ष समिति संघीय राजधानी(काठमाण्डौँ) गएको छ ।

Arus

सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो । उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय सिद्धराज भट्ट र लोकराज भट्टले विदाई गरेका छन् ।

भीमदत्त नगरका जनप्रतिनिधी सहित संघर्ष समितिका पदाधिकारी राजधानी गएका छन् । भीमदत्त नगरपालिका १६ र १७ का वडाध्यक्षद्वय सुरेन्द्र विष्ट, हिमालय चन्द, सघर्ष समितिका संयोजक रमेश चन्द(ठकुरी), सह–संयोजक तिकल भट्ट, सचिव राजेन्द्र चन्द, संचार संयोजक ज्ञानेन्द्र महरा, स्थानीय टेकेन्द्र क्षेत्रीको टोली राजधानी गएको हो ।

Karnali Traders

मझगाउँ विमान स्थल संघर्ष समितिका संचार संयोजक ज्ञानेन्द्र महताले मझगाउँ विमान स्थल शुचारुका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई सहित नागरिक उड्यानका पदाधिकारी, पर्यटन बोड, विभिन्न राजनीतिक दलका नेता एव संसद लगायत विमान संचालक उद्योगी व्यवसायीसंग भेटघाट गर्ने बताए ।

संचार संयोजक महताका अनुसार मन्त्री सहितका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै तत्तकाल विमान शुचारुका लागि माग गरिने छ । मन्त्री सहितका निकायलाई बुझाईने ध्यानाकर्षण पत्रमा २०बर्षदेखि बन्द रहेको विमान स्थल कसै निकायबाट समेत शुचारुका लागि पहल नभएको उल्लेख छ । थुप्रै पर्याप्त भौतिक पुर्वाधार हुँदाहुँदै पनि विमान स्थल शुचारु गर्नका लागि सरकारले पहल नगदा बनेका संरचना पनि जिर्ण बन्दै गएको उल्लेख गरिएके छ ।

विमान स्थल शुचारु हुँदा यस क्षेत्रको विकासमा बाधा पर्नुका साथै पर्यटकिय क्षेत्र समेत ओझेलमा परेको ठहर गरिएको छ । संघर्ष सरकारले चालु आर्थिक बर्ष २०७६/०७७मा संघीय सरकारबाट बजेट नदिदा जनता निरास भएको जनाईएको छ ।

कञ्चनपुरका राजनीतिक दल, ९ वटै स्थानीय सरकार लगायत विभिन्न संघ संस्थाले मझगाउँ विमान स्थल शुचारुका लागि ऐक्यबद्धता जाहेर गरेको समेत उल्लेख गरिएको छ । विमान स्थल शुचारुका लागि मन्त्रालयका तर्फबाट यथाघिश्र पहलको माग गरिएको छ । संघर्ष समितिले विमान स्थल शुचारुका लागि कहि कतैबाट पहल नभए आन्दोलनको समेत चेतावनी दिएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.