सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यू-१५ साफ च्याम्पियनसिप: नेपाली युवा टोलीको बंगलादेशमाथि ४-१ को विजय

295
Sana Kishan

नेपाली युवा टोलीले भारतमा जारी यू-१५ साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशमाथि ४-१ को विजय हासिल गरेको छ।

भारतको कल्याणीमा जारी पाँचौं संस्करणमा नेपालमा यो दोस्रो जित हो। नेपालले यसअघि श्रीलंकामाथि पनि २–० को नतिजा निकालेको थियो।

Arus

कल्याणी रंगशालामा नेपालले क्रिशन अधिकारी यादवको गोलबाट पहिलो हाफमा अग्रता लिएको थियो।

Karnali Traders

पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएकोे नेपालले ५२औं मिनेटमा सुगन जिमीले अग्रता दोब्बर बनाए। ७९औं मिनेटमा बंगलादेशका अल अमिन रहमानको गोलबाट बंगलादेशले पूनरागमनको प्रयास गरेका थिए। तर प्रदिप लम्सालले ८४ तथा क्रिशनले ८८औं मिनेटमा अर्को गोल थपेपछि नेपालले सहज जित निकालेको हो।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ। यससँगै नेपालले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ बंगलादेशको पनि ३ खेलबाट समान ६ अंक छ। शतप्रतिसत नतिजा निकालेको भारत ९ अंकका साथ शीर्ष स्थानमा छ।

बंगलादेशअघि यसअघि भुटानलाई ५–२ र श्रीलंकालाई ७–१ ले हराएको थियो। नेपालले अब भुटानविरुद्ध खेल्नेछ भने बंगलादेशले भारतविरुद्ध खेल्नेछ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.