सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धार्मिक पर्यटकीय स्थल बन्दै बेलौरी नगरपालिका

लाल बहादुर एस के / भदौ १०

749
Sana Kishan

सुदुरपश्चिम प्रदेश कंचनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिका धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास हुँदै गै रहेको छ । धार्मिक पर्यटकिय स्थल बनाउने योजना अन्तर्गत आज बेलौरी नगरपालिका १ मा बेलौरी नगरपालिका र बेलौरी न पा १ फटिया वासी र संयुक्त मन्दिर द्वारा स्थापना गरिएको २१ फिट उचाइ भएको हनुमान को मुर्तीको बेलौरी नगर प्रमुख पोतिलाल चौधरी ले रिवन काटेर र पुजा गरेर अनावरण गर्नु भएको छ ।

अनावरण को क्रममा बेलौरी नगरप्रमुख ज्यु ले भन्नू भयो बेलौरी नगरपालिकामा स्थानिय तहको निर्वाचन भएर जन प्रतिनिधि आइ सके पछि सम्पुर्ण जन प्रतिनिधिहरु पुर्वाधार विकास, शिक्षा ,स्वास्थ्य आर्थिक विकास , विभिन्न पर्यटकिय स्थलहरु को निर्माण सङ सङै धार्मिक पर्यटकीय स्थलहरुको निर्माणमा समेत लागि परेको बताउनु भयो ।

Arus
Karnali Traders

समाजको चौतर्फी विकासको लागि आफू निरन्तर रुपमा लागि परेको र नगरपालिकामा ९५%
बाटो हरु ग्राबेल भै सकेको र आफ्नो कार्यकालमा हिलो मुक्त नगरपालिका बनाएरै छोड्ने नगरप्रमुख चौधरी ज्यु ले बताउनु भयो । नगरपालिका को सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने लक्ष्य अनुरुप सबै वडामा स्वास्थ्य चौकी स्थापना गरि सकेको र आर्थिक विकासको लागि नगरबासी हरु लाई कृषि र पसु मा आत्मनिर्भर बनाउन विभिन्नकिसिमको अनुदानहरु दिई रहेको र नेपालको १०० ओटा पर्यटकिय स्थल हरुमा बेलौरी न पा को बन्दाताल लाई पनि पार्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो ।


बेलैरी नगरपालिका ले धार्मिक पर्यटकीय स्थलहरु को संरक्षणको क्रममा त्रिपूरा मन्दिर , कालिका मन्दिर , सिद्धवावा मन्दिर, निर्माण गरेको र महत्वपूर्ण धार्मिक स्थल अन्तर्गत नक्टाबाबा मन्दिर रहेको र त्यही धार्मिक पर्यटकिय स्थल निर्माण अन्तर्गत बेलौरी नगरपालिका वडा न १ मा रहेको संयुक्त मन्दिरमा २१ फिट उचाई भएको हनुमानको मुर्ती स्थापना गरेको बताउनु भयो । धार्मिक पर्यटकिय स्थलको निर्माण गरेर बेलौरी न पा लाई शान्ति क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत बताउनु भयो ।

कार्यक्रम संयुक्त मन्दिर समिती अध्यक्ष रजक ब शाही ज्युको सभापतित्वमा बेलौरी नगर प्रमुख श्री पोतिलाल चौधरी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथिमा बेलौरी न पा १ को वडा अध्यक्ष रतन ब शाही , नेकपा सु प प्रदेश कमिटी सदस्य अमर चौधरी र नेकपा प्रदेश कमिटी सदस्य फुल्लन राना र अतिथी हरुमा वडा सदस्य, स्थानिय समाजसेवी बुद्धिजीवी र भक्त जनहरुको उल्लेख्य उपास्थिती रहेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.