सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेती महाकाली सांगितिक सौगात भाग-३ को सम्पूर्ण तयारी पुर्ण

खेम साउद, सउल दक्षिण कोरिया

410
Sana Kishan

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १३ मा आयोजना गर्न लागेको छुसक बिशेष सांस्कृतिक कार्यक्रम “ सेती महाकाली सांगितिक सौगात भाग -३” को तयारी पूरा भएको छ । आइतबार सउलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको ब्यानर तथा पोस्टर मिडिया मार्फत सार्वजनिक गर्दै समाज ले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
सउल जोङ्गाक स्थित दुर्गा रेस्टोरेन्टको हलमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष नविनराज जोशीले कार्यक्रमको उद्देश्य र तयारी बारे जानकारी गराउदै जय पृथ्वीबहादुर सिह, दशरथचन्द र भीम दत्त पन्त जस्ता इतिहास पुरुषहरुको जन्मभूमि सुदुरपश्चिम भाषिक एबं सांस्कृतिक रुपमा एकताको प्रतीक भएको भन्दै सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि त्यसैलाई आधार मानेर सामाजिक कार्यहरुमा निरन्तर अघि बढेको बताए । दुर्गम क्षेत्रका बाल बालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगार्थ कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रममा चर्चित पप तथा आधुनिक गायिका इन्दिरा जोशी, सालको पात टपरी गीतका चर्चित लोक दोहोरी गायक कुलेन्द्र बिक, नेपाल आइडल सिजन-२ का विजेता रवि ओड, देउडा गायिका रेखा जोशी, देउडा तथा लोक पप गायक चक्र बम, गायिका तथा कार्यक्रम संचालिका अनिता चलाउने, देउडा गायक भक्तराज भट्ट डोटेली र थारु संस्कृति गायक मोहन चौधरीको मनोरन्जनात्मक प्रस्तुति रहने बताए ।

कार्यक्रम सउल स्थित सङ्बोक गुमिन यसङ होइग्वान मा हुने र कार्यक्रम स्थल सम्म ट्रेन लाइन नं ४ को हान्सुङ युनिभर्सिटी स्टेशन गेट नं ६ बाट ०१ नम्बर को बस चढेर पुग्न सकिने छ । साथै दोङदेमुन गेट नं ३ बाट समेत कार्यक्रम स्थल सम्म बस को व्यबस्था गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष लाल बहादुर साउद, कार्यक्रम संयोजक कमल बहादुर शाही, पूर्व अध्यक्ष धर्मराज जोशी र समाजका वरिष्ठ सल्लाहकार अग्निराज कोइरालाले सु प समाज दक्षिण कोरियाले कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुका सामाजिक कार्यहरुमा सधैं नै काँधमा काँध र साथमा साथ दिएर हातेमालो गर्दै आएको भन्दै यसपाली सबै संघ संस्था, व्यापारी, बुद्धिजीवी लगायत सबैसंग सु प समाजको कार्यक्रमलाई सहयोग गरी दिन हुन आग्रह गर्दै कोरियामा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समाजको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका थिए ।

एनआरएन एशिया प्रशान्त क्षेत्र संयोजक एबं व्यवसायी विनोद कुंवर ले सुदुरपश्चिमका बिकट क्षेत्रमा शिक्षा र स्वास्थ्य का लागि गरिन लागेको कार्यक्रम अत्यन्त सराहनीय कार्य भएको भन्दै आफू यस्ता कार्यहरुमा सहयोग का लागि जहिले पनि तयार रहेको बताएका थिए ।

Arus
Karnali Traders

संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुको आर्थिक पारदर्शिताका सवालमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्ने पत्रकारहरुको जिज्ञासामा समाजका अध्यक्ष साउदले जवाफ दिदै समाज आर्थिक पारदर्शिता का सवालमा अत्यन्त सजग रहेको भन्दै त्यसका लागि बहु सदस्यीय आर्थिक कमिटी बनाएर अघि बढेको र त्यसको हिसाब किताब अत्यन्त पारदर्शी ढंगले बेला बेलामा समाजमा सार्वजनिक गर्ने गरेको बताए ।

कार्यक्रमलाई GME Remittance, प्रभु मनी ट्रान्सफर, एचडी मोबाइल दोङदेमुन र ज्योति रेस्टुरेन्ट जोङ्गाकले प्रायोजन गरेको छ भने कलाकारहरुको भिषा स्पोन्सर एभरेष्ट करी वर्ल्ड दोङदेमुनद्वारा गरिएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.