सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी सेनालाई

498
Sana Kishan

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा भएको खुला फुटबल प्रतियोगिताको उपाधी नेपाली सेनाले प्राप्त गरेको छ ।

अलस्टार युवा क्लबले सुदरपश्चिमेलीको महान पर्व गौंरा पर्व ०७६ को अवसर पारेर आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिताको उपाधी नेपाली सेना देविदल गण मझगाउँले प्राप्त गरेको हो ।

Arus

प्रतियोगिताको उपाधीका लागि देविदल गण मझगाउँ र सिंहपुर युवा क्लव विच भएको फाइनल खेलको उपाधी सेनाले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

Karnali Traders

३–३ गोलको बराबरी पछि भएको पेनाल्टी सुटआउट बाट नेपाली सेनाले उपाधी जित्न सफल भएको हो । देविदल गणले पेनाल्टी सुटआउट बाट ४ का विरुद्ध ५ गोलले विजय प्राप्त गरेको आयोजकले जनाएको छ ।
उपविजेता तथा सिंहपाल युवा क्लवले दोस्रो उपाधीमा चित्त बुुझाउन परेको थियो ।
विजेता सेनाको टिमले नगद ४० हजार र उप विजेता सिहपाल युवा क्लबले २५ हजार नगद सहित ट्रफि प्रमाण पत्रका साथै सहभागि टिमलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रथम र द्धितिय हुने टिमलाई बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा, वडा अध्यक्षहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।
अध्यक्ष थापाले दुबै टिमले आ आफ्नो प्रतिभा राम्रो देखाएको भन्दै दुबैलाई हार्दिक बधाइका साथै उत्तरो उत्तर प्रगतिको कामना गरेका थिए ।
भदौं २ गते देखि शुरु भएको प्रतियोगिता आइतबार एक कार्यक्रमका विच समापन गरिएको छ । पुरै प्रतियोगिताको एन्फा रेफ्री दिपक श्रेष्ठ, राम साउद र विकास सिह महताले जज गरेका थिए । भने कार्यक्रमको संचालन लोक बहादुर बलायरले गरका थिए ।

वडा नं. १ का वडा अध्यक्ष अम्मर बहादुर खत्रीले सहभागी हुने सबैलाई हार्दिक बधाई दिदै बेलडाँडीले खेल क्षेत्रमा लगानी गर्ने बताए । बेलडाँडीले पनि राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी जन्माउन सक्ने भन्दै त्यो अभ्यास गर्नुपर्नेमा जोड दिए ।
अलस्टार युवा क्लवका अध्यक्ष तथा कार्यक्रका सभापती चेत बहादुर शाहले भने सहभागि भएका १७ वटै टिमहरु प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि आयोजना गर्न सबैले सहयोग गर्नुपर्ने धारण ब्यक्त गरे । उनले भने यो आयोजन गर्न देश विदेश, संस्था, ब्याक्ति बाट सहयोग भएको हुँदा सबैलाई सम्झेका थिए । खेलप्रेमीहरुले खेलको भरपुर्ण आनन्द लिएका थिए ।

सभार बेल्डाडी पोस्ट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.