सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खसी कप खुल्ला भलिवल प्रतियोगितामा ५ खेल सम्पन्न

401
Sana Kishan

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. १ फटियामा जारी गौरा पर्व विशेष खसी कप खुल्ला भलिबल प्रतियोगिताको पाँचौँ संस्करण अन्तर्गत बिहिबार ५ खेल सम्पन्न भएका छन् ।

बिहिबार भएका खेलहरु अन्तर्गत पहिलो खेलमा शुक्लाफाँटा युवा समाज कुण्डाले आयोजक दिव्य ज्योती युवा क्लबको बि टिमलाई सोजो २–० सेटले पराजित गरेको छ । दोस्रो खेलमा दिपज्योती कुण्डाले नवयुग युवा क्लब बिकासवस्तीको बि टिमलाई सोजो २–० को सेटमा स्तब्ध पारेको छ ।

Arus
Karnali Traders

तेस्रो खेलमा नवयुग बिकासबस्ती ए ले पाटन बैतडीलाइ २–१ को सेटमा हरायो । चौथो खेलमा जुगेडाले दिप ज्योती कुन्डाको टोलिलाई २–० सोजो सेटले पराजित गरेको छ । पाँचौँ खेलमा शुक्लाफाँटा युवा समाज कुण्डाले प्रतिभानगर पुनर्वास टाउनलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आयोजक दिव्य ज्योतीको ए टिम पछी सेमिफाइनलमा आफ्नो स्थान बनाउने दोस्रो टिम शुक्लाफाँटा युवा समाज कुण्डा बनेको आयोजक दिव्य ज्योति युवा क्लब फटियाका सचिव गजेन्द्र पन्तले जानकारी दिनुभयो । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको अवसरमा दिव्य ज्योति युवा क्लब फटियाले खसी कप खुल्ला भलिबल प्रतियोगिताको पाँचौँ संस्करण सञ्चालन गरेको हो ।
सभार nbkhabar

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.