सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संविधानको उल्लघंन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकार विरुद्ध सर्वोच्चमा रिट

479
Sana Kishan

महेन्द्रनगर २ भदौ ।
संविधानको गम्भीर उल्लघंन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता लोकेन्द्र ओलीले प्रदेश सरकारले संविधानको गम्भीर उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अधिवक्ता ओलीले प्रदेश सरकारले संविधानको गम्भीर उल्लंघन गरी स्थानीय तहका जनप्रतिनिधिहरूलाई मासिक रुपमा पारिश्रमिक, ज्याला, तलब सहित सुविधा दिने ऐनहरू जारी गरी करोडौँ रकम सिध्याएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

Arus
Karnali Traders

तयस्तै गण्डकी प्रदेश, प्रदेश नम्बर २, ३, ५ र कर्णाली प्रदेश सरकारका विरुद्ध पनि मुद्धा दर्ता गरिएको छ । संविधानमा जनप्रतिनिधिलाई तलब, ज्याला सहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्रै दिने उल्लेख गरिएको भन्दै मुद्धा दर्ता गरेको अधिवक्ता ओलीले जानकारी दिएका छन् ।

ओलीले दायर गरेको रिट उपर आगामी शुक्रबार सुनुवाइ हुने बताईएको छ । संविधानमा स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने व्यवस्था नभई सुविधा लिन पाइने व्यवस्था छ ।

प्रदेश र स्थानीय तहले संविधानले सुविधा लिन पाउने भनेर गरेको व्यवस्थालाई प्रदेशले तोडमोड गरि मनोमानी तरिकाले तलब लगायतका अन्य सेवा सु्विधा तोकेको अधिवक्ता ओलीको आरोप छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.