सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल भ्रमण वर्षको भव्य तयारीमा भीमदत्त: पर्यटन पुर्वाधार र प्रचारमा जोड

महेन्द्रनगर, १ भदौ
कञ्चनपुरको भमिदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रचारप्रसार र पूर्वाधार निर्माणका कार्यमा जोड दिएको छ ।
केन्द्र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षीत गरि भौतीक पुर्वाधार निर्माणसँगै प्रचार प्रसारमा जोड दिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सन् २०१९ लाई पर्यटन र पूर्वाधार वर्षका रुपमा मनाउन घोषणा गरिसकेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिका क्षेत्रमा रहेको पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवद्र्धनका कार्यक्रमसँगै पूर्वाधार निर्माणका कार्यमा जोड दिएको बताए ।

‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नगरपालिले प्रचार र पुर्वाधार निर्माणमा जोड दिएको छ’ नगर प्रमुख विष्टले भने भीमदत्तमा नेपालको पश्चिमी सीमा गड्डाचौकी नाका पर्छ, त्यस नाकाबाट धेरै विदेशि पर्यटक नेपाल भित्रिने भएकाले पनि नगरपालिकाले विशेष तयारी गरेको छ।’ नगरपालिकाका नगरस्थित विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिएको छ ।

World Link Ads
Mahakali Polytechnic

पश्चिमी नाकामा पर्यटकलाई हार्दिक स्वागत सहितको ठूलो प्रचार सामग्री राखिएको छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीको झोलुङ्गे पुल, रौटेला, विष्णु मन्दिर धाम, झिलमिला लगायतका पर्यटकीय स्थलहरुमा प्रचार सामग्री राखिएको नगरपालिकाले जनाएको छ ।

पर्यटकलाई पर्यटकीय स्थलबारे सहज रुपमा जानकारी पाउन प्रचार सामग्री राखिएको नगर प्रमुख विष्टको भनाई छ । प्रचार सामग्रीमा पर्यटकीय स्थलको नाम, विशेषता लगायतका कुरा समेटिएका छन् ।

Sana Kishan

त्यस्तै नगरपालिकाले झोलुङ्गे पुलदेखि बागफाँटासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण कार्य सुरु गरिएको छ । यो मार्ग निर्माण भएपछि किनारका पर्यटकहरुले झोलुङ्गे पुल, हात्तीसार, गोहीको अवलोकन गर्न सक्नेछन् ।

भीमदत्त नगरपालिका–९ मा पर्ने झिलमिला तालसम्म जान पक्की बाटो निर्माण गरिएको समेत गत आर्थिक वर्षमा निर्माण गरिएको छ । भने ब्रह्मदेबदेखि झिलमिलासम्म केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नगरपालिकाको उत्तरी क्षेत्रमा रहेको धार्मिक पर्यटकीय स्थललाई जोड्न धार्मिक पर्यटन मार्ग निर्माण गरिएको छ । रौटेलादेखि ब्रह्मेदबसम्म निर्माण गरिएको २२ मिटर चौडा सडकबाट रौटेला, विष्णु मन्दिर धाम, भम्केनी, ब्रह्मदेबको सिद्धनाथ मन्दिरलाई जोडिएको छ । त्यस्तै झिलमिला तालको गुरु योजना निर्माणका लागि बजेट विनियोजन गरिएको र चुरे क्षेत्रमा पर्ने कालिताल झरनासम्म बाटो निर्माण गरिएको छ ।

भीमदत्त नगरपालिका–१ बाराकुण्डाका १२ वटै कुण्डलाई पुनःभरण गरिनुका साथै भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्तिका गरिन लागेको छ ।

साथै नेपाल पर्यटन बोर्डसंग सहकार्यमा झोलुङ्गे पुल सौन्र्दयीकरणका लागि सौर्य बत्ती जडान गरिएको छ । भने भीमदत्त नगरपालिका वडा नं. १४ स्थित राना थारु होमस्टेमा संग्राहलय बनाउन सहयोग गरिएको नगर प्रमुख विष्टले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.