सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम यू-१५ महिला फुटबल टिममा कञ्चनपुरका तीन खेलाडी छनौट

586
Sana Kishan

बिकाश सिंह महता
कञ्चनपुर- २ भाद्र सोमबार ।
सुदूरपश्चिम यू-१५ महिला फुटबल टिममा कञ्चनपुर जिल्ला देखि तीन महिला खेलाडी छनोट भएकी छन। सांउन ३१ गते शुक्रबारका दिन कैलाली जिल्ला फुटबल संघले कैलालीको रंगशालामा प्रदेश छनोट गरेको थियो। उक्त छनोट प्रतियोगितामा कञ्चनपुर जिल्ला फुटबल संघले जिल्लाको अन्तिम छनोट बाट १४ जना लाई प्रदेश छनोटमा सिफारिस गरेको थियो ।

सो खेलाडीहरु मध्य कञ्चनपुर जिल्ला देखि सुदूरपश्चिम यू- १५ महिला फुटबल टिममा बैजनाथ मा.बि महेन्द्रनगरमा अध्यनरत कोपिला खडका उनी गोलरक्षक हुन ,सिद्धनाथा अमर मा.बि गड्डाचौकी कक्षा १० मा अध्यनरत शोभा क्षेत्री उनी रक्षापंती हुन भने सनराइज पब्लिक स्कुलमा कक्षा १० मा अध्यनरत यसु पाण्डेय छनोट भएकी छन् । उनी अग्रपंक्तिकि एक महिला साहसी खेलाडिका रुप चिनिन्छन।

Arus
Karnali Traders

आउदै गरेको असोजको २२ देखि कार्तिक १ “२०१९ अक्टोबर ९ देखि अक्टोबर १८” सम्म भुटानमा संचालन हुने साफ महिला यू-१५ राष्ट्रिय टिमको तयारिको लागि सुदूरपश्चिम प्रदेश छनोट महिला टिम काठमाडौ प्रस्थान हुने छ।

पहिलो चरणको जिल्ला छनोट बाट कैलाली देखि ४६ महिला खेलाडीको उपस्थिति रहेको र १४ जना दोस्रो चरणको लागि छनोट गरिएको कैलाली जिल्ला फुटबल संघले जनाएको छ ।

भने कञ्चनपुर जिल्ला फुटबल संघले पहिलो चरणमा १४ महिला खेलाडी लाइ छनोट गरि दोस्रो चरणका लागि कैलालीमा भएको प्रदेश छनोट सिफारिस संगै यू-१५ सुदूरपश्चिम प्रदेशको टिममा गोलरक्षक ,रक्षापंती र अग्रपंतिकि गरि एक दम साहसी जुझारु र क्षमतावान महिला फुटबल खेलाडी टिममा पर्न सफल भएकी हुन कञ्चनपुर जिल्ला फुटबल संघ एवम् कञ्चनपुर एन्फा प्रशिक्षक पुष्कर शाहिले बताउनु भएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.