सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तको सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा

441
Sana Kishan

महेन्द्रनगर २ भदौ ।
कञ्चनपुरको भीमदत्त नगरपालीकाको कार्यालय परिसरमै रहेको योजनाको निर्माण कार्य अन्तिम चरणका रहेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका तीन योजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा उक्त योजनामो निर्माण गर्ने लक्ष्य लिएको भएपनि समय अभाव सम्पन नभएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा नगरपालीकाले कार्यालयको मुल गेट, सामुदायिक भवन र पार्कीङ स्टान्र्ड निर्माण कार्य सुरु गरेको थियो ।

Arus
Karnali Traders

नगरपालिका ईन्जिनियर जैराज भट्टले क्षेत्रीय शहरी विकास आयोजना र नगरपालिकाका आन्तरिक श्रोतबाट उक्त आयोजना अस्चालन गरिएको बताए । उनका अनुसार नगरपालिका सामुदायिक भनव ६२ लाख, मोटर साईकल पार्कीङ स्टान्र्ड र दुई वटा कार्यालय प्रवेशद्धारा २०÷२० लाखको बजेटमा निर्माण गर्न लागेको छ ।

जसमा क्षेत्रीय शहरी विकास आयोजनाको ६० र नगरपालिकाको ४० प्रतिशत बजेट खर्च गरिने छ । साथै उक्त योजनाका लागि विनियोजित बजेत खर्च भईसकेको ईन्जिनियर भट्टको भनाई छ ।
ईन्जिनियर भट्टले दुई जना अट्न सक्ने क्षमता रहेको सामुदायिक भवन निर्माण गर्न लागेको उल्लेख गदैँ भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । नगरपालिकाको सामुदायिक भवन निर्माण पश्चात विभिन्न सभा समारोह आयोजन गर्नका लागि गर्न गहज हुने छ ।

त्यस्तै नगरपालिका कार्यालयको पछाडी गेट निर्माण कार्य सम्पन्न भई सकेको र मुल गेट र पार्कीङ स्थल पनि चाँडै नै निमार्ण सम्पन्न हुने उनको भनाई छ । योजनार्को ढिलो सुरु भएकोले समयमै निर्माण कार्य सम्पन्न नभएको ईन्जिनियर भट्टको दावि छ ।
त्यस्तै नगरपालिका गत आर्थिक वर्षमा सञ्चालित २१ वटा योजना सम्पन्न हुन सकेको छैनन् । जसमा अधिकाशं सडकका योजना रहेको नगरपालिकाले जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.