सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रपतीलाई सुदूरपश्चिमका पर्यटकीय क्षेत्र भम्रण निम्तो

नरेश तिवारी
बैतडी ३१ साउन ।
सुदुरपश्चिम प्रदेशका जनप्रतिनिधिहरुले राष्ट्रपति विद्या देवि भण्डारीलाई भ्रमणमको निम्ता गरेका छन् । बिशिबार राष्ट्रपति भण्डारीलाई संयुक्त रुपमा भेटेर उनिहरुले सुदूरपश्चिमका धार्मीक पर्यटकीय क्षेत्रको भ्रमणका लागी निम्ता गरेक हुन्
बैतडीकबो पञ्चेश्वर गाँउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षीत गरि राष्ट्रपति सुदूरपश्चिम भ्रमणको निम्ता गरिएको हो । उनका अनुसार नेपाल भ्रमण वर्षको अवसरमा सुदूरपश्चिमका विभिन्न पर्यकटीय क्षेत्रको प्रचार प्रसार एंवम पर्वद्धनका लागि राष्ट्र कै उच्च पदस्थ व्यत्तित्वलाई भ्रमणको निम्ता गरिएको छ ।

साथै सुदूरपश्चिम प्रदेशको एक टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर नाका खुलाउन र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको पक्रिया अगाडि बढाउन लगायतका माग राखेर ध्यानाकर्षण गराएको छ ।

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालय पुगेर भारतका सीमा जोडिएका जिल्लाका समस्याबारे अवगत गराएको हो ।

World Link Ads
Mahakali Polytechnic

टोलीमा सहभागी कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले ब्रम्हदेबदेखि महेन्द्रनगर बजारसम्म दुई लेनको टनकपुर लिङ्क रोड कालोपत्र भइसकेको र वर्षौदेखि भारतीय स्वामित्वमा रहेको पुल बन्द अवस्थामा रहेकाले खुलाउन पहलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको बताए ।

Sana Kishan

यस्तै उनले कञ्चनपुरको बेलौरी र कैलालीको खक्रौला नाका खुलाउनसमेत मन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिए ।
बैतडीका सांसद दामोदर भण्डारीले डडेल्धुराको भित्रिमधेसको महाकाली नदीमा पुल निर्माणका लागि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराउनमन्त्री ज्ञवालीलाई आग्रह गरिएको बताए ।

उनका अनुसार बैतडीको झुलाघाट र तल्लो सोराडमा महाकाली नदीमा पुलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको छ । टोलीले चीनसँग जोडिएको दार्चुलाको तिङ्कर नाका खुलाउनसमेत माग गरिएको छ । भेटका क्रममा मन्त्री ज्ञवालीले सुदूरपश्चिमका सीमा सरोकारका विषयमा दुई देशका अधिकारीबीच हुने बैठकमा राखिने आश्वासन दिएको सांसद भट्टले जानकारी दिए ।

महाकाली नदीमा दुवै देशको स्वामित्व बराबर हुन नसक्दा उपयोगमा समस्या आइरहेकाले सो विषयमा आगामी द्विपक्षिय बैठकमा यसबारे कुरा उठाइने मन्त्री ज्ञवालीले प्रतिबद्धता जनाए ।

टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सांसद भट्ट, भण्डारी, नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा, पूर्व सांसद कृपाराम राना, पुरन दयाल, प्रदेशसभा सदस्य लीलाधर भट्ट, पन्चेश्वर गाउपालिका अध्यक्ष गोरख बहादुर चन्द लगायत सहभागी थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.