सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निरन्तर विप्लवको ‘टार्गेट’मा कर्णालीका मुख्यमन्त्री शाही

243
Sana Kishan

कालिकोटको विप्लव नेतृत्वको नेकपाका कार्यकताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्ष्य गरी दुईवटा बम विस्फोट गराएका छन् ।
गृह जिल्ला समेत रहेको कालिकोटको निर्वाचन क्षेत्रको भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बुधबार पचाल झरनाको फेदमा र बिहिबार रास्कोटमा बम बिस्फोट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डीएसपी विनोद शर्माले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्ष्य गरी दुईवटा बम विस्फोट गराईएको बताए ।

उनका अनुसार बुधबार विप्लप समुहले बेलुका पचालझरना गाँउपालिकाले आयोजना गरेको सभामा सम्बोधन गरिरहेका बेला कार्यक्रम स्थलबाट ५ किलोमिटर टाढा दुईवटा बम विस्फोट भएका थिए । त्यस्तै बिहीबार बिहान १० बजे रास्कोट नगरपालिकाको मौलाकोटमा पनि दुई बटा बम विस्फोट गराएको डिएस्पी शर्माको भनाई छ ।

Arus

मुख्यमन्त्री शाहीको सुरक्षार्थ डीएसपी शर्मासहित २६ जना प्रहरीको खटिएका छन् । मुख्यमन्त्री शाहीले विप्लव समूहका नेता कार्यकर्तालाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन् । उनले जनयुद्धको उपलब्धिकै कारण आफूहरुले सरकारको नेतृत्व गरिरहेको बताउँदै केही असन्तुष्टि राखेर टाढा–टाढा बम पट्काउँदैमा केही उपलब्धि नहुने स्पष्ट पारे ।

Karnali Traders

विप्लवको आधार इलाका प्रवेश गरेकोले प्रतिरोध

विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मनीलाल ऐडीले मुख्यमन्त्री शाहीसहित ठूलो सुरक्षा फौज आफ्नो अनुमति बिना आधारइलाका प्रबेश गरेकाले सांकेतिक रुपमा प्रतिरोध गरिएको बताए। ‘अहिले संसदीय दलाल राज्य सत्ता र नेकपाको जनसत्ता बीचको लडाईं चलिरहेको छ ।’ एैडीने भने–‘हामीले प्रतिबन्ध लगाएको सत्ताका मान्छेहरु आउँदासांकेतिकरुपमा बम बिस्फोट गराएर विरोध जनाएका हौं ।’ अझै अटेर गरी आफ्नो आधार इलाकामा गतिबिधि बढाए शशक्त प्रतिकार गर्ने उनले चेतावनी दिए ।

सरकारका मान्छे जनताका आवश्यकता पूरा गर्न, जनताका पीडा बुझ्न भन्दापनि फूलमाला र अबिर लगाउन आएकाले आफूहरुले विरोध गरेको उनले दाबी गरे । यो समाचार अन्नपुर्ण पोष्टमा छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.