सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशको शिप र लगानीले गाँउमै उद्यम

331
Sana Kishan

मदन गिरी
महेन्द्रनगर ३० साउन ।
ईच्छा शक्ती र जाँगर भएका युवाका लागि नेपालमै कही गर्न सकिन्छ भन्ने गतिलो उत्पेरणाको श्रोत बनेका छन् कञ्चनपुरको पुर्नवास नगरपालिकाका एक युवा ।
पुर्नवास नगरपालिलाका–११ अमरवस्तीका ३१ वर्षीय उत्तम प्रकास मल्ल अहिले धेरै युवाका लागी उदाहरण बनेका छन् ।

वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएर स्वदेश फर्केएका उत्तम प्रकासले गाँउमै लाखौँ लगानीमा व्यवसायिक लोकल कुखुरा पालन सुरु गरेका छन् ।
मल्ल घरको कमजोर आर्थिक अवस्थाका कारण सन् २०१३ सालमा वैदेशिक रोजगारीका लागि कोरिया थिए । विदेशमै रहँदा नेपाल फर्केर के गर्ने भन्ने योजना बनाई सकेका थिए मल्लले ।

Arus

सोही अनुसार चार वर्ष निर्माण क्षेत्रमा काम गरेको उनी घर फर्किने पछिल्लो वर्ष भने कुखुरा पालन फर्ममा काम गर्न थाले । ‘मैँले कोरियामा रहदाँ निर्माण सिकेको काम नेपालमा गर्न सकिने जस्तो लागेन, त्यो काम छोडेर कुखुरा फर्ममा काम गर्न थाले’ मल्लले भने । कोरियामा सिकेको सिप र आम्दानीबाट गाँउमा कुखुरा( लोकल) पालन व्यवसाय सुरु गरेको उनले बताए । १० कठ्ठा जमिन घेरबार गरेर कुखुरा पालन गरिरहेको छन् ।

छ सय कुखुराबाट व्यवसाय सुरु गरेका मल्लले अहिले तीन हजार बढी कुखुर पालि रहेको उनले बताए । कुखुराका लागि कोरिया कै सिस्टममा आधुनिक खोर निर्माण गरिएको उनको भनाई छ । ‘ गाँउमै आधुनिक प्रविधिबाट कुखुरा पालन व्यवसाय सुरु गरेको छु, भविष्यमा आफ्नै ह्याचरी राखेर कुखुराको चल्ला उत्पादन गर्ने योजना छ, अहिले बजेट अभावले गर्न सकेको छैन्’ व्यवसायि मल्लले भने । उनको ह्याचरी राखेर मासिक दुई हजार कुखुराका चल्ला उत्पादन गर्ने योजना छ । ह्याचरी मेसिनबाट कुखुराको अण्डाबाट चल्ला उत्पादन गर्न सकिन्छ । अहिले काठमाडौँ लगायतका अन्य सहरबाट लोकल कुखुराको चल्ला फर्ममा भित्रिने गरेका छन् ।

Karnali Traders

करिब ७० लाखको लगानीमा व्यवसाय सुरु गरेका मल्लले तीन जनालाई रोजगारी दिएका छन् भने परिवारका सदस्यहरुले उनलाई काममा सघाउने गरेका छन् ।
मल्लको कुखुरा फर्ममा दैनिक ३÷४ जना अवलोकनका लागि आउने गरेका छन् । ‘नेपालमा सिको गर्ने पवृत्ति बढी छ, धेरै जनाले राम्रो गरेका छौ भन्छन्, यस्तो व्यवसाय कसरी गर्ने भनेर सुझाव, सल्लाह लिएर जान्छन्’ मल्लले भने ‘फर्म भिजिटकालाई दैनिक रुपमा विभिन्न ठाँउबाट मान्छे आउने गरेका छन्, अहिले एक दर्जन फर्म गाँउमै खुलिसकेका छन्’ उनले भने ।

कुखुराका आहारा बाहिरबाट किन्दा कुखुराको तौल नबढ्ने र बढी खर्चिलो हुने गरेको उनको भनाई छ । कुखुराको दाना आफै उत्पादन गर्ने योजना रहेको बताउँदै मल्लले ‘आर्थिक अभावले व्यवसाय अगाडि बढाउन समस्या भएको छ, सरकारी पक्षबाट अनुदान पाए केहि पाएको भए सजह हुन्थ्यो’ उनले भने । ‘सरकारले व्यवसाय गर्ने युवालाई अनुदान दिने निति ल्याएको सुनिन्छ, तर हामीले कहिले पाएका छैनौँ, सरकारी अनुदानका लागि पावर र पहुचँ नै चाहिन्छ’ उनले दुखेसो पोख्दैँ भने ।

उनले फर्ममा उत्पादन गरिएको कुखुराले सहजै बजार पाउने गरेको उल्लेख गदैँ ‘अहिले लगानी कै क्रममा छु, आफैँले चल्ला र दाना उत्पादन गर्न सके राम्रै आम्दनी हुन्छ’ उनले भने । साथै कस्तो किसिमको मासु खाने भन्ने जानकारी सहितको आफ्नै फ्रेस हाउस खोल्ने र कुखुराको आहाराका लागि गड्डौला खेति समेत गर्ने योजना रहेको उनले सुनाए ।

ईच्छा शक्ती भएमा नेपाल व्यवसाय गर्नका लागि थुपै्र सम्भावनना रहेको उनले बताए । विदेशमा गएर दुःख गर्न भन्दा क्षमता अनुसार स्वदेशमै उद्यम गर्न युवालाई उनको सुझाव छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.