सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटका विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान

महेन्द्रनगर २८ साउन ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका सामुदायिक विद्यालय स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ ।
म्ांगलबारबाट नगरपालिकाले नगरका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा पहिलो पटक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिन लागेको हो ।
वेदकोट एकमुष्ट नगरका सबै सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने नेपालकै पहिलो नगरपालिका बनेको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।


उनका अनुसार नगरपपालिकाका २४ सामुदायिक विद्यालय र नौ स्वास्थ्य संस्थामा उक्त मेसिन जडान गरिन लागेको हो । पहिलो दिन वेदकोट स्थीत भुवनेश्वरी माध्यमिक विद्यालय, नवदुर्गा आधारभुत विद्यालय, उदयदेव, र घाटल माध्यमिक विद्यायलमा जडान गरिएको छ ।
छात्राहरुलाई महिनावारी भएको बेलामा विद्यालय नछोड्नु पर्ने बाध्यता अन्त्यका लागि उक्त मेसिन वडा कार्यालयले जडान गरिदिएको नगर प्रमुख चन्दको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

स्यानिटरी प्याड भेन्डिङ मेसिन जडानपछि विद्यालयलाई मास्टर कार्ड दिईएको छ । उत्त कार्ड मसिन भित्र हालेपछि स्यानिटरी प्याड बाहिर निस्कने व्यवस्था गरिएको छ । प्याडका लागि मास्र्टर कार्डमा रिर्चाज गर्नु पर्नेछ । मेसिन जडान भएपछि छात्राहरु खुशी भएका छन् ।
नगरपालिकाले २५ लाख लगानीमा सयानिटर िमेसिन जडान गरेको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.