सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय: ‘तालाबन्दीले पठनपाठनमा असर परेको छैन्’

647
Sana Kishan

प्रशासनिक गतिविधि प्रभावित
मदन गिरी
महेन्द्रनगर १९ साउन ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय पछिल्लो समयमा तालाबन्दीको शिकार बनेको भन्दै आलोचना हुने गरे पनि पठनपाठनमा भने प्रभावित नभएको पाईएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महिना यता देखि तालाबन्दी गरिएको भएपनि अध्ययन÷अध्यापनमा भने कुनै असर परेको छैन ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएपनि केन्द्रीय तथा आंगिक क्याम्पसमा नियमीत पठनपाठन भईरहेको हो । तीन महिनादेखि विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिलाई लिएर नेपाली कांगे्रस निकट विद्यार्थी संगठन नेवि संघले तालाबन्दी गरेको छ ।

Arus

विश्वविद्यालय केन्द्रीय कार्यालयका प्रवत्ता गोविन्द बल्लभ पन्तले सबै क्याम्पसहरुमा पठनपाठन निरन्तर चलिरहेको बताए । उनले विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको भएपनि विद्यार्थीको पढाईमा कुनै असर नपरेको उनको भनाई छ ।

‘केन्द्रीय कार्यालयमा लामो सयमदेखि तालाबन्दी गरिएको छ, यसले विश्वविद्यालयको प्रसाशनिक गतिविधि रोकिएका छन्, तर विद्यार्थीको पढाईमा कुनै असर परेको छैन्’ प्रवक्ता पन्तले भने ‘विद्यार्थीको पठनपाठन निर्वाद रुपमा चलिरहेको छ, समयमै परिक्षा लिन्छौँ, कुनै पनि किसिमको तालाबन्दीले विद्यार्थीको पढाई प्रभावित हुदैँन्’ उनले भने । साथै तालाबन्दी खोल्न उच्च स्तरबाट पहल भईरहेको उनको भनाई छ ।

त्यस्तै प्राध्यापक संघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सभापति उत्तम थापाले पनि विद्यार्थीको पठनपाठनमा कुनै किसिमको अवरोध नरहेको बताए । उनले तालाबन्दी केन्द्रीय कार्यालयमा भएको उल्लेख गर्दैँ विश्वविद्यालयको केन्द्रीय र आंगिक क्याम्पसहरुमा निरन्तर रुपमा पठनपाठन भईरहेको बताए ।

Karnali Traders

‘विश्वविद्यालयमा तालाबन्दी भएको भन्दैँ आलोचना हुने गरेको छ, तर पढाईमा तालाबन्दीको कुनै प्रभाव छैन्’ सभापती थापाले भने । ‘पाठ्यक्रम अनुसार नियमित विद्यार्थीको पढाई भईरहेको छ, विश्वविद्यालयमा पढाई हुदैँन भनेर बाहिर गलत प्रचार बढी भएको छ’ उनले भने ।

त्यस्तै केन्द्रीय क्याम्पस व्यवस्थापन संकायका विभागीय प्रमुख प्रेम सिंह खातीले केन्द्रीय क्याम्पसमा नियमित पठनपाठन भईरहेको बताए । उनले बाहीर तालाबन्दी हल्ला भएपनि विद्यार्थीको पठनपाठनमा कुनै असर नपरेको बताए । विश्वविद्यालय शान्तिपुर्ण तरिकाले अध्ययन अध्यपन भईरहेको छ ।

‘केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ, तर त्यसले केन्द्रीय क्याम्पसको पठनपाठनमा कुनै किसिमको अवरोध छैन्’ विभागीय प्रमुख खातीले भने ।
साथै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले गुणस्तरिय शिक्षामा जोड दिएको उल्लेख गर्दै विभागीय प्रमुख खातीले विश्वविद्यालयबाट पास आउट भएको अधिकांश विद्यार्थीहरु विभिन्न सरकारी र गैरसरकारी क्षेत्रका कार्यरत रहेको बताए ।

‘पछिल्लो समयमा व्यवस्थापन संकायमा विद्यार्थीको चाप बढ्दै गएको छ, बिबिए, बिबिएस र एमबिएम कार्यक्रम पढेर गएका सबैजसो विद्यार्थी बैंक तथा विक्तिय संस्था र सरकारी कार्यालयमा सेवारत छन्’ विभागीय प्रमुख खातीले भने । ‘साथै हाम्रा कार्यक्रमको पाठ्यक्रम पनि समय सान्र्दभिक र विश्व परिवेशलाई समेट्ने खालको भएकोले विद्यार्थीको आकृर्षण बढ्दो छ’ उनले भने ।

सरकारको पुर्ण स्वामित्वमा रहेको तथा न्यून शुल्क रहेकोले पनि नयाँ भर्नामा विद्यार्थीको प्रवेश परिक्षामा कडा प्रतिस्पर्धा हुने गरेको उनको भनाई छ ।
त्यस्तै केन्द्रीय क्याम्पस ईकाई प्रमुख दिपक चन्द्र भट्टले पनि तालाबन्दीले पठनपाठनमा अवरोध नभएको बताए । उनले केन्द्रीय क्याम्पसमा निरन्तर रुपमा पठनपाठन संञ्चालन रहेको बताए ।

साथै नयाँ विद्यार्थी भर्ना र प्रचारप्रसारबारे आईतबार ईकाई कमिटीले विश्वविद्यालयका प्राध्यापकसँग छलफल समेत गरिएको उनले बताए । साथै विश्वविद्यालयमा नयाँ भर्नाका लागि डिन कार्यायलसँग समन्वय भईरेहको छ । विश्वविद्यालयले नयाँ ब्याचको भर्ना साउन भित्रमा खोल्ने जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.