मदन गिरी
महेन्द्रनगर १८ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा वारिधी कलेज खुलेको छ । आदर्श विद्या निकेतनको सफलतासँगै सोहि व्यवस्थापन टिमले वारिधी कलेज खोलेको हो ।
कलेज प्रिन्सीपल डा. भोजराज पन्तले चालु शैक्षिकसत्रबाट पढाई सुरु गर्ने गरि नयाँ कलेज खोलिएको बताए । उनका अनुसार त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यस वर्ष त्रिविको चार वर्षे बिबिएस सञ्चालनको तयारी रहेको बताउँदै पिन्सीपल पन्तले भने ‘अगामी शैक्षिकसत्रबाट त्रिविको बिबिए, होटल म्यानेजमेन्ट, कानुनको पनि अध्यापन गराउँछौँ’ उनले भने । आर्दश विद्या निकेतनसँगै वारिधी कलेज सञ्चालन गरिने लागेको उनको भनाई छ ।
साथै विद्यार्थीलाई सामाजिक कार्य तथा अन्तराष्ट्रिय स्तरको सेवा दिन भारतको गान्धी पिस फाउन्डेसन र सिएमसी कलेज लखनउसँग साझेदारि गरिएको छ ।
व्यवस्थापन तथा हस्पीटालिटी क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदानका लागि कलेज स्थापना गरिएको पिन्सीपल पन्तले बताए ।
नयाँ सोच र उत्कृष्ट व्यवस्थापन रहेको वारिधी कलेजले गुणस्तरिय उच्च शिक्षाका लागि प्लस टु पास गरेको विद्यार्थीलाई भर्ना अह्वानको तयारी गरेको जनाएको छ ।