सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटामा पर्यटक बढे, तर ह्वातै घट्योे राजस्व संकलन

मदन गिरी
महेन्द्रनरगर १९ साउन ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राजस्वको संकलन ह्यात्तै घटेको पाईएको छ । अन्य आर्थिक वर्षको तुलनामा गत आव २०७५÷७६ मा निकुञ्जको राजस्व संकलनमा निकै गिरावट आएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालका अनुसार गत आर्थिक वर्षमा ८६ लाख २३ हजार तीन सय मात्रै राजस्व संकलन भएको छ । जबकी आर्थिक वर्ष २०७४÷७५ मा निकुञ्ज कार्यालयले छ करोड ५१ लाख रुपयाँ राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा वन रोयल्टीमार्फत ६९ लाख २७ हजार नौ सय, प्रशासनिक सेवा कर बाफत छ लाख ५६ हजार, दण्ड जरिवाना मार्फत नौ लाख १२ हजार, सरकारी सम्पत्ति बहाल कर १६ हजार आठ सय, सरकारी सम्पत्ति विक्री(लिलामी) ३२ हजार चार सय तथा प्रशासनीक दण्ड जरिवानामार्फत ७८ हजार लगायतको गरि उक्त राजस्व संकलन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले बताए ।

आर्थिक वर्ष २०७४÷७५ मा २०७२ सालमा कञ्चनपुरमा गएको हावाहुरीका कारण ढलेका रुखको काठ बिक्रीबाट बढी राजस्व संकलन गरिएको उल्लेख गदैँ वाडेन पौड्यालले भने ‘गत आर्थिक वर्षमा खासै काठ बिक्री भएन् वन रोयल्टी नै निकुञ्जको प्रमुख आय स्रोत हो’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic

निकुञ्ज घुम्ने पर्यटक बड्दैँ

Dirghayu Ads
Sana Kishan

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या वर्षेनी बड्दैँ गएको पाईएको छ ।
पछिल्लो सयममा घुम्ने संस्कृतिको विकाससँगै प्रचार र शुक्लाफाँटालाई आरक्षबाट निकुञ्जमा स्तरोन्नति गरिएपछि पर्यटकको संख्या बढेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ६ हजार ५९ पर्यटक भित्रिएका छन । निकुञ्ज कार्यालय प्रमुख पौड्यालका अनुसार निकुञ्ज घुम्नेमा ९५ प्रतिशत आन्तरिक पर्यटक रहेका छन् ।

गत आर्थिक वर्षमा पाँच हजार सत सय ४० आन्तरिक पर्यटक तथा सार्क राष्ट्रका १ सय ५४ र अन्य विदेशी १ सय ५२ जनाले मात्रै निकुञ्ज प्रवेश गरेका छन । आर्थिक वर्ष २०७४÷७५ मा ४ हजार ७ सय ४० जना निकुञ्जमा घुम्न आएका थिए ।

गत आर्थीक वर्षमा भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्वसका कारण निकुञ्जमा उल्लेख्य मात्रामा आन्तरिक पर्यटकको संख्या बढेको हो ।
‘निकुञ्जको प्रचारसँगै घुम्ने संस्कृतिको विकास पनि बढेको देखिन्छ,’ प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले भने, ‘निकुञ्ज घुम्ने पर्यटकमा विदेशीभन्दा आन्तरिक बढी छन, यसले नेपालमा घुम्ने संस्कृतिको विकास हुदैँ गएको जनाउँछ ।’

शुक्लाफाँटा बाह्रसिंगाको प्रमुख बासस्थानका रूपमा चिनिन्छ । यसबाहेक बाघ, गैंडा र चरा तथा एसियाकै ठुलो घाँसे मैदान अवलोकनका लागि पनि निकुञ्ज प्रमुख गन्तव्य बन्दैँ आएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.