सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैंकर्स क्लब महेन्द्रनगरको साधारण सभा सम्पन्न, अध्यक्षमा शाह

1,182
Sana Kishan

महेन्द्रनगर १८ साउन ।
बैंकर्स क्लब महेन्द्रनगरको प्रथम साधारण सभा सपन्न्न भएको छ । शुक्रबार महेन्द्रनगरमा बैंकर्स क्लबको पहिलो वर्षीक साधारण सभा सम्पन्न भएको हो ।
गत आवमा गठीत कार्य समितीले माछापुच्छ्रे बैंक महेन्द्रनगरका शाखा प्रमुख विकास विक्रम शाह अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो ।

क्लबको पहिलो साधारण सभाले तदर्थ समितिका अध्यक्ष समेत रहेका शाहलाई सर्वसम्मत सभापतीमा चयन गरेको हो । त्यस्तै त्यसैगरी प्रथम उपाध्यक्षमा कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालक अधिकृत जगत कुमार महतरा, द्धितीय उपाध्यक्षमा ज्योति विकास बैंकका शाखा प्रमुख लक्ष्मण सिंह चौक्याल रहेका छन् ।

Arus

Karnali Traders

एभरेष्ट बैंकका शाखा प्रमुख शंकर घिमिरे सचिव रहेको क्लबमा मेघा बैंकका तुलसी कुमारी पन्त सह–सचिव र कोषाध्यक्षमा जनता बैंकका बामा ओझा चटौत चयन भएकाद छन् ।
त्यस्तै सदस्यमा कृषि विकास बैंकका नरेन्द्र सिंह सामन्त, कैलाश विकास बैंकका शाखा प्रमुख देवराज जोशी, एनसीसी बैंकका राजेन्द्रसिंह साउँद, सिद्धार्थ बैंकका विरेन्द्र सिंह कार्की र सानिमा बैंकका सरोज विक्रम थापा रहेका छन् ।

क्लबका सल्लाहकार समितिका सदस्य तथा कञ्चन डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख विरुराम जैसी प्रमुख अतिथि रहेको साधारण सभामा क्लबका सल्लाहकार सदस्य तथा राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगरका शाखा प्रमुख कर्णदेव जोशी र नेपाल बैंक लिमिटेड महेन्द्रनगरका शाखा प्रमुख कमल बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए ।

नव नियुत्त अध्यक्ष शाहले बैंकर्सहरुको पेसागत हक हितका लागि क्लब स्थापना गरिएको बताए । उनले पेसागत हक अधिकार संरक्षण, लगायत सामाजिक कार्यमा नयाँ कार्य समितिले काम गर्ने बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.