सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उत्तरपुस्तीका हराएपछि इन्द्राको भविष्य अन्यौलमा


परिक्षा केन्द्रले लापरवाही गरेको दावि

मदन गिरी
महेन्द्रनगर १६ साउन ।
प्लस–टु पछि उच्च शिक्षा हासिल गर्ने सबैको अभिलासा हुन्छ । परिक्षाफल प्रकासित हुने खबर पाउनासाथ परिक्षार्थीमा एक किसिमको उत्सुकता जागेको हुन्छ । परिक्षामा आफुले गरेको मेहनत अनुसार सबैले आफ्नो भावि योजना बनाएका हुन्छन् अब के पढ्ने? कहाँ पढ्ने आदी ईत्यादी । जुन स्वभावीक पनि हो ।

माध्यमीक तहपछि हरेकको उच्च शिक्षाको बाटो तय हुन्छ । त्यस्तै उच्च शिक्षाको अभिलासा बोकेर परिक्षाफलको बेग्र पतिक्षामा थिईन महेन्द्रनगरकी एक छात्रा । जब परिक्षाफल प्रकासन भयो उनी छाँगाबाट खसे जस्तै भईन् । आफुले नसोचेको र अपेक्षा नै नगरेको कुरा जब जीनवमा घट्छ जो–कोहीलाई पनि ठुला झड्का लाग्छ नै ।

सामाजिक प्रतिष्ठा र भावि जीवनको करियरसँग जोडीएको आईयसी परिक्षामा पास मात्र होईन उच्च ग्रेड आउनेमा विश्वस्त थिईन् ईन्द्रा ।
तर उनले जब कुन विषयमा कती ग्रेड आएको रहेछ भनी मार्कसिट हेर्दा एक्ससी लेखेको देखिन् । कहिले नसुनेको कुरा मार्कसिटमा देखेपछी उनी अन्यौलमा परिन् ।
एक्ससी भनेकै के हो था नभएकी ईन्द्राले शिक्षकसँग बुझ्दा आफ्नो पुरै परिक्षा रद्ध भएको थाहा पाउँदा उनी छाँगाबाट खेसे जस्तै भएको बताउँछिन् ।

World Link Ads
Mahakali Polytechnic

कञ्चनपुरको महेन्द्रनगर माध्यमीक विद्यालय(साधारण स्कुल) बाट आईसी दोस्रो वर्षको परिक्षा दिएकी ईन्द्रा धामीको गत सोमबार राष्ट्रिय परिक्षा बोर्डले प्रकासन गरेको नतिजामा उनको पुरै परिक्षा रद्द भएको पाईएको छ ।

कक्षा १२ को रसायन विज्ञानको विषयको उत्तरपुस्तीका हराएपछि उनको सबै परिक्षा रद्द भएको हो । बैजनाथ माध्यमीक विद्यालय परिक्षा केन्द्रबाट परिक्षा केन्द्रबाट परिक्षा दिएकी ईन्दुलाई उत्तरपुस्तीका नबुझाएको आरोप छ ।

उनले परिक्षा गार्डलाई रसायन विज्ञानको उत्तरपुस्तीका नबुझाई घर लगेको भनी परिक्षा केन्द्रले राष्ट्रिय परिक्षा बोर्डलाई टिप्पोणी पठाएको पाईएको छ । उक्त टिप्पोणी अनुसार राष्ट्रिय परिक्षा बोर्डले परिक्षाको आचारसंहिता विपरीत कार्य गरेको भन्दैँ ईन्द्राको सबै परिक्षा रद्द गरेको जनाएको छ ।

तर परिक्षार्थी ईन्द्राले भने आफुले परिक्षा गार्डलाई उत्तरपुस्तीका बुझाएर आएको दावि गरेकी छिन् । उनले आफुले रसायन विज्ञान विषयको उत्तरपुस्तीका सोही दिनका परिक्षा गार्ड रहेका राम भण्डारीलाई बुझाएर आएको बताईन् ।

Sana Kishan

‘मैले परिक्षा हलमा अन्तिम समयसम्म लेखे । घण्टी बजेपछि परिक्षा गार्ड सरलाई कपी बुझाएर साथीहरुसँगै हलबाट बाहीरिएकी थिए, परिक्षार्थी ईन्द्राले भनिन् ‘परिक्षा गार्डलाई कपी बुझाएर आएकी थिए, तर निरिक्षकले कपी घर लागेको भनेर गलत टिप्पोणी उठाएको देखेर आफै अचम्मीत भएकी छु, उनले भनीन् ।

आफ्नो भविष्यमाथि नै खेलवाड गरिएको बताउँदै परिक्षार्थी ईन्द्राले ‘कपी हाराएको हो भने मलाई जानकारी नगराए पनि कम्तीमा मेरो स्कुललाई जानकारी गराई दिएको भए अहिले चित्त बुझाउन हुन्थ्यो, त्यसपछि पनी दुई विषयको परिक्षा दिएकी थिए, एउटा विषयले सबै परिक्षफल रद्द भयो’ उनले रुदैँ भनीन् ।

एउटा पनि विषयको उत्तरपुस्तीका नबुझाँदा सबै परिक्षा रद्द हुने राष्ट्रिय परिक्षा बोर्डको नियम थाहा हुदाँ हुदैँ केन्द्राध्यक्षले कपी हराएकोबारे जानकारी नगराएकोमो उनको आक्रोस छ ।
त्यस्तै परिक्षार्थी ईन्द्राकी आमा पार्वती धामीले परिक्षा केन्द्रको गैर–जिम्मेवारीका कारण छोरीको भविष्य अलपत्र परेको बताईन् । उनले छोरीलाई उच्च शिक्षा पढाउने आशा बोकेका बेला नसोचेको परिक्षफल आउँदा निकै निरास भएको बताईन् ।

उक्त विषयमा केन्द्रध्यक्ष तपेन्द्र भट्ट र निरिक्षक राम भण्डारीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । सहायक केन्द्राध्यक्ष दिनेश भट्टले भने ईन्द्राको उत्तरपुस्तीका नपाईए उक्त टिपोष्णी उठाएको स्वीकार गरे ।

उनले परिक्षाको प्रेसरका कारण टिप्पोणीबारे विद्यालय तथा परिक्षार्थीलाई जानकारी गराउन छुटेको हुन सक्ने उल्खेख गदैँ अगामी दिनमा केन्द्रले गर्नु पर्ने सहयोगका लागि तयार रहेको बताए ।

त्यस्तै साधारण स्कुलका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विरेन्द्र विष्टले उत्तरपुस्तीका हराएको बारे अहिलेसम्म पनि विद्यालयलाई जानकारी नगराई विद्यार्थीमा परेको समस्या दुखद् भएको बताए ।

उनले विद्यालयले उक्त परिक्षाबारे केन्द्रले तयार गरेको टिप्पोणी माग गरि सकेको बताए । ‘हाम्रो विद्यार्थी समस्यामा पर्नु भनेको विद्यालयलाई समस्या पर्नु हो, परिक्षा केन्द्रको लापरवाहीले विद्यार्थीको भविष्य अन्यौलमा पर्नु गम्भीर विषयको हो, त्यसमा हामी सचेत छौँ’ अध्यक्ष विष्टले भने । साथै परिक्षा केन्द्रसँग बिहिबार आवश्यक छलफल गरिने उनको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.