सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमका लागी उप समिती गठन

महेन्द्रनगर १५ साउन ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा सामुदाय प्रहरी साझेदारी कार्याक्रम परिचालनका लागिउप समिती गठन गरिएको छ ।
बुधबार नगरपालिकामा बसेको सामुदाय–प्रहरी साझेदारी कार्याक्रम परिचालनका लागी विभिन्न पाँच वटा उप समिती गठन गरिएको हो ।

Sana Kishan


वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले सामुदाय–प्रहरी साझेदारी कार्याक्रम परिचालनका लागि पाँच वटा समिति गठन गरिएको बताए । उनका अनुसार बालबालिका तथा शिक्षा उप समिति, बजार तथा सडक व्यवस्थापन उप समिती, स्वास्थ्य तथा सरसफाई उप समिति, लागु पदार्थ तथा दुव्र्यसनी नियन्त्रण उप समिति र सुचना प्रविधि सञ्चार तथा पर्यटन उप समिती गठन गरिएको छ ।
नगर स्तरीय सामुदाय प्रहरी साझेदारी कार्याक्रमका संयोजक समेत रहेका नगर प्रमुख चन्दले उप समितिहरुलाई एक हत्प्ता भित्रमा कार्य योजना बनाउन निर्देशन दिईएको बताए ।

कार्यक्रममा बोल्दैँ कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले सामुदाय र प्रहरीबिच समधुर सम्बन्ध निर्माणका लागि उक्त कार्याक्रम परिचालन गरिन लागेको बताए । उनका अनुसार सामुदाय प्रहरी साझेदारी कार्याक्रम अन्र्तगत प्रहरीले स्थानीयसँगको सहकार्य शान्ति सुरक्षा व्यवस्थापन लगायतका काम गर्नेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.