सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टनकपुर–ब्रह्मदेव लिङ्क रोडसँग जोडीएन भारत

379
Sana Kishan

मदन गिरी
महेन्द्रनग १४ साउन ।
नेपाल–भारत जोड्ने उद्देश्यकासाथ कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निर्माणाधिन टनकपुर–ब्रह्मदेव लिङ्क रोडले भारतलाई नछुने भएको छ ।
भारतीय पक्षबाट उसको भुमीमा रहेको अढाई किलोमिटर सडक निर्माणका कुनै पहल नहुदाँ लिङ्क रोडले भारतलाई नजोड्ने भएको हो । भारतीय भुमीमा भारत आफैँले लिङ्क रोड निर्माण गर्ने सम्झौता भएको छ ।

सडक डिविजन कार्यालय कञ्चनपुरका ईन्जिनियर योगेन्द्र कार्कीले दुई देशलाई जोड्ने भनिएको सडक भारतको वेवास्ताका कारण लिङ्क रोड दशगजामा रोकिएको बताए । उनका अनुसार १२ दशमलव दुई किलोमिटर लिङ्क रोड निर्माणको अन्तिम चरणमा रहेका बेला भारतले भने कुनै पहल गरेको छैन ।

Arus

‘नेपालतर्फबाट बन्ने पुरै सडक निर्माण कार्य अन्तिम चरणमा छ, अहिले दशगजा क्षेत्रमा आएर लिङ्क रोड अलपत्र परेको छ ।’ ईन्जिनियर अधिकारीले भने ‘लिङ्क रोडले भारतको टनकपुरलाई जोड्नु पर्ने हो, भारतीय भुमीमा उसले नै सडक निर्माण गर्ने उच्च स्तरिय सम्झौता भएको रहेछ तर अहिले भारतले त्यसमा कुनै चाँसो देखाएको छैन्’ उनले भने ।

लिङ्क रोड भीमदत्त नगरपालिका वडा नम्बर नौ स्थित दशगजा सिमा क्षेत्रमा अलपत्र परेको छ । लिङ्क रोडले भारतीय बजार टनकपुर तथा ब्रह्मदेव बजारसम्म निर्माण गर्न सके मात्रै भारत जोडिने उनको भनाई छ ।

लिङ्क रोडलाई ब्रह्मदेवसम्म जोड्नका नगरपालिकाले जग्गा उपलब्ध गराउन पर्ने ईन्जिनियर अधिकारले बताए । ‘जग्गा अधिग्रहणका लागि हामीसँग बजेट छैन्, स्थानीयले जग्गा उपलब्ध गराए चाडैँ नै ब्रह्मदेवसम्ममा सडक विस्तार गर्न सकिन्छ’ ईन्जिनियर अधिकारीले भने ‘जग्गाका लागि नगरपालिकासँग कुराकानी गर्ने तयारी भईरहेको छ, जग्गा उपलब्ध भएमा चाुल आर्थिक वर्षमा नै ठेक्का खोलेर काम सञ्चालन गर्न सकिन्छ’ उनले भने ।

Karnali Traders

लिङ्क रोडको निमार्ण कार्य तीव

महेन्द्रनगरदेखि टनकपुर जोड्ने टनकपुर लिङ्क रोडको निमार्ण कार्य तीव्र गतिमा भईरहेको छ । सडक डिभिजन कार्यालय कञ्चपुरका ईन्जिनियर योगेन्द्र अधिकारीका अनुसार हालसम्म योजनाको करिब ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको सकेको छ ।

२०७४ फागुनबाट निर्माण कार्य भएको टनकपुर सडकको पहिलो चरणको निमार्ण कार्य अन्तिम चरणको सबै निर्माण कार्य सम्पन्न भईसेको छ ।
ईन्जिनियर अधिकारीले डिबिएडी प्रविधिमा आधारित सडक निर्माण भईरहेको बताउँदै ‘पहिलो चरणमा बेस, सव बेस तथा सामान्य कालो पत्रेको काम सकेका छौ, आउँदो भदौबाट अन्तिम चरणको कालोपत्रेको काम सुरु हुन्छ’ उनले भने ।

हाल वर्षाका कारण निर्माण कार्य प्रभावित हुने भन्दैँ सडक डिविजनले लिङ्क रोड निर्माण कार्य रोकेको छ । साढे १२ किलो मिटर लामो उक्त सडक ९ मिटर चौडाई बनाइदै छ । जसमा सडकको ७ मिटर चौडाई कालोपत्रे गरिने र एक÷एक मिटर दाँया बाँया सोल्जरीङ् गरिने छ ।

लिङ्क रोडको निर्माणका लागि लामा राजेन्द्र जेभी निर्माण कम्पनीसँग करिब २० करोड मा ठेक्का सम्भmौता गरिएको छ । लिङ्क रोडको निर्माणमा हालसम्म १९ करोड खर्च भईसकेको ईन्जिनियर अधिकारीको भनाई छ ।

२०७६ भदौसम्ममा सडकको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । साथैे टनकपुर लिङ्क रोडलाई महाकाली करिडोरका रुपमा विस्तार गरिने योजना रहेको छ ।
भीमदत्त नगरपालिका–१८ भासिबाट हाल निर्माण भईरहेको लिङ्क रोडलाई करिडोरका रुपमा अगाडी बढाउन डिपीआर तयार सडक डिविजन कार्यालयले जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.