सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा कबड हल निर्माण कार्य सम्पन्न

564
Sana Kishan

राष्ट्रिय स्तरका खेलखुद समेत सञ्चालन गर्न सकिने
मदन गिरी
महेन्द्रनगर १३ चैत । कञ्चनपुरको वेदकोट नगरपालिकाले निर्माण गर्न लागेको कबड हलको निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाकाले वडा नम्बर ३ भम्का स्थित बनाउन लागेको कबडको निर्माण कार्य सम्पन्न भएको हो ।
नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिकाले निर्माण गर्न लागेको कबड हलको निर्माण कार्य सम्पन्न भएको हो । उनले ठेक्का सम्झौता अनुसार निर्माण कबडको भौतीक संरचना तयार भएको बताए ।
२०७४ चैतमा नगर प्रमुख चन्दले कबड हलको शिलान्यास गरेका थिए । स्थानीय सरकार गठन भए लगतै नगरको खेलकुद क्षेत्रको विकासलाई प्राथमीकतामा राखेर कबड हल निर्माण कार्य सुरु गरिको उनको भनाई छ ।
करिब ८ विघा क्षेत्रफलमा रहेको रहेको नगरपालिकाको खेलमैदानमा ४० फिट लम्बाई र ३० फिट चौडाईको कबड हल निर्माण गरिएको छ । त्यस्तै कबड हलमा दुईवटा डे«सिङ् रुम, शौचालय लगायतका आवश्यक भौतिक संरचना निर्माण गरिएको नगर प्रमुख चन्दले बताए ।

१ करोड २० लाख ३० हजारमा ठेक्का सम्झौता भएको कबड हल निर्माणका लागि एक करोड ५० लाख खर्च भएको छ । पछिल्लो समयमा योजनामा नयाँ संरचना निर्माण गरिएकाले २० लाख थपीएको नगर प्रमुख चन्दको भनाई छ । कबड हलको बाहीरी संरचना तयार भएपनि खेलकुदका लागि आवश्यक पर्ने भित्री संरचना बनाउन बाँकी नै छ ।

Arus
Karnali Traders

‘अहिले कबड हलको बाहिरी संरचना तयार भएको छ, चाुल आर्थिक वर्षमा सबै संरचना तयार गरेर कबड हल सञ्चालनमा ल्याउछौँ’ नगर प्रमुख चन्दले भने । कबड सञ्चालनमा आएपछि नगर क्षेत्रका खेलाडीलाई सहता हुने नगर प्रमुख चन्दको विश्वास छ ।

साथै कबड हल पुर्ण रुपमा सञ्चालन भए लगत्तै नगरपालिकाले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने नगर प्रमुख चन्दले बताए । उनका अनुसार नगरपालिकाले राष्ट्रिय स्तरका खेलाडीका परिवारलाई विभिन्न प्रकारमा वडा र नगरपालिकाका सिफारिस समेत निःशुल्क दिने व्यवस्था गरिको छ ।

भने नगरका १० वटै वडामा एकएक खेलमैदान निर्माण गर्ने योजनाका साथ काम भईरहेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.