सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेश: कैलाली र कञ्चनपुरमा अत्यधिक भ्रष्टाचार

1,017
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १३ साउन ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको अत्यधिक भ्रष्टाचार हुने गरेको पाईएको छ । अक्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरमा स्थापनाकाल देखि परेका उजुरीमा कैलाली र कञ्चनपुरका मात्रै आधा भन्दा बढी उजुरी दर्ता भएका छन् ।

आयोगको क्षेत्रीय कार्यायल महेन्द्रनगरको तथ्याङ्क अनुसार हालसम्ममा सुदुरपश्चिम प्रदेशमा भ्रष्टाचार भएको आशंकामा चार हजार सात सय ९९ उजुरी परेका छन् ।
आयोगको क्षेत्रीय कार्यालय प्रमुख शिव कुमार कार्कीले कञ्चनपुर र कैलालीमा भष्टाचारका उजुरी बढी आउन गरेको बताए ।

Arus

उनका अनुसार क्षेत्रीय कार्यालय स्थापना भएको छ वर्षको अवधिमा कैलालीमा सबै भन्दा बढी एक हजार चार सय १२ र कञ्चनपुरमा एक हजार एक सय ५९ उजुरी आयोगमा दर्ता भएका छन् ।

त्यस्तै डडेल्धुराका तीन सय ८२, बैतडी पाँच सय ४८, दार्चुला दुई सय ८३, डोटी तीन सय ६९, अछाममा दुई सय ३१, बझाङ्ग दुई सय ७० र बाजुराका सबै भन्दा कम एक सय ३१ उजुरी आयोगमा दर्ता भएका कार्यालय प्रमुख कार्कीको भनाई छ ।

Karnali Traders

आयोगको कार्यालय नजिकै रहेको तथा अधिकाशं सरकारी कार्यालय कैलाली र कञ्चनपुरमा रहेकाले भष्ट्राचारका उजुरी बढी परेको उनको बताए । त्यस्तै हालसम्मे परेका उजुरी चार हजार एक सय ३२ उजुरी फछर्यौट भईसकेका छन् भने छ सय ६७ उजुरी फछर्र्याैट हुन बाँकी रहेको आयोगले जनाएको छ । त्यस्तै दुई सय १० वटा भ्रष्टाचारका मुद्धामाथि विस्तृत अनुसन्धान भईरहेको छ । भने एक सय ५८ मुद्धा विशेष अदालतमा पाईएको छ ।

२१ जना विरुद्ध अदालतमा मुद्धा दायर

अक्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा सेवाग्राहीबाट घुस लिईरहेको अवस्थामा रङ्गे हात पक्राउ परेको २१ जना विरुद्ध विशेष अदालतमा मुद्धा गरिएको आयोगको क्षेत्रीय कार्यालयका सुचना अधिकारी तोप बहादुर विष्टले बताए ।

उनका अनुसार मुद्धा दर्ता भएकामा एक जना सिँचाई डिविजन प्रमुख र एक जना उप सचिव रहेका छन भने एक जना ईन्जिनियर समेत रहेका छन् ।

त्यस्तै दुई जना सहायक वन अधिकृत, तीन नासु, एक लेखापाल, चार सव ईन्जिनियर, रेञ्जर, फरेष्टर एक÷एक जना र कार्यालय सहयोगी दुई जना विरुद्ध अदालतमा मुद्धा दायर गरिएको हो । त्यस्तै चार जना ज्यालादारि कर्मचारी र विचौलीया विरुद्ध समेत मुद्धा गरिएको सुचना अधिकारी विष्टको भनाई छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.