नरेश तिवारी/बैतडी
श्रावण १४ जिल्लाको तल्लो स्वराडमा पर्ने बैतडीको पन्चेश्वर गाउपालिकाका ६ वटै वार्डहरु सडक सन्जाल संग जोडीएपछी त्यस भेगका बासिन्दाहरुलाई दैनिक उपभोग्य सामान खरिद बिक्री गर्न सहज र सजिलो भएको छ। स्थानीय तहको सरकारले सडकलाई नै पहिलो प्राथमिकता दिएर पन्चेश्वर गाउपालिकाका ६ वटा वार्ड हरु पन्चेश्वर,महाकाली,कुलाउ,आमचौरा,रोडिदेवल,गिरेगडा लाई सडक सन्जाल संग जोडिएका हुन।
यो भन्दा पहिले पन्चेश्वर गाउपालिकालाई सडक ले नछोएका हुदा त्यस भेगका बासिन्दाहरु दैनिक उपभोग्य सामान खरिद बिक्री गर्न भारतको लुहाघाट,चम्पावत,पिथौरागढ,कुमाउ,गडवाल धाउने र भारतीय नाकाहरुमा झेल्ने गर्दथे
बर्षादको समयमा पनी महाकाली नदिमा डुङगाको भरबाट पन्चेश्वरबासिहरु जोखीमपुर्ण यात्रा गरेर आफुलाई चाहिदो दैनिक उपभोग्य सामान नुन,तेल,लगायत दैनिक उपभोग्य सामान ल्याउने गर्दथे
अहिले पन्चेश्वर गाउपालिकाका ६ वटै वार्डहरु लगायत बिभिन्न गाउँबस्तीहरुमा सडक ले जोडीएपछी स्थानीयहरुमा खुसियाली छाउनका साथै दैनिक सामान खरिद बिक्री गर्न सजिलो भएको छ।