सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अष्ट्रेलियामा नेपाली विद्यार्थी चढेको कार दुर्घटना, दुईको मृत्यु, ३ घाइते

स्याङ्जा : अष्ट्रेलियमा कार दुर्घटना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृत्यु भएको छ।अन्य ३ जना घाइते भएका छन्। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति भएको कार दुर्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको हो।

अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। विदाको समयमा साथीसँग हिउँ खेल्न हिँडेका १५ जनामध्ये ५ जना चढेको कार दुर्घटनामा परेको हो। उनीहरु ३ वटा कारमा थिए। अन्य १० जना खाना खाएर क्यानबेरामै बसेका थिए। तर, ५ जना भने राति नै स्नोई माउण्टेनतिर हिँडेको बताइएको छ।

Sana Kishan

क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घाइते आश्विन कडेलले बताए। आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ। दुर्घटनामा सख्त घाइते २ लाई हेलिकप्टरमार्फत लगेर उपचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको छ।

World Link Ads
Mahakali Polytechnic

मृतक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ। जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अल्पायुमै गुमाउनु परेकोमा स्याङ्जाबासी शोकमा डुबको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.