सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्यार्थीमा मनोवैज्ञानीक असर बढ्दैँ गएकोमा अखिल का्रन्तिकारी चिन्तीत, नैतिक शिक्षामा जोड दिन आग्रह

695
Sana Kishan

महेन्द्रनगर १२ साउन ।
पछिल्लो समयमा विद्यार्थीमा मनोवैज्ञानीक असर बढ्दै गएकोमा नेकपा विप्लप निकट अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन कञ्चनपुरले चिन्ता व्यक्तको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरले सोमबार प्रेस विज्ञप्ती जारी गर्दैँ पछिल्लो समयमा विद्यार्थीहरुका मनौवैज्ञिक असर बढ्दै गएकाले त्यसप्रति सबैले संगठन चिन्तित बनेको जनाएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटद्धारा हस्ताक्षरित विज्ञप्तीमा पछिल्लो समयमा स्कुलस्तरका ८ देखि १२ सम्म्म विद्यार्थीहरु लागु औषद तथा धुम्रपान र मध्यपान जस्ता कुलतमा फस्दैँ गएका उल्लेख गरिको छ ।

Arus

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष नरेन्द्र भाटले विद्यार्थीमा मौलाउदैँ गएको कुलत तथा कुस्कारप्रति संगठन चिन्तित भएको बताए । उनले विभिन्न कारणले विद्यार्थीमा मनौवैज्ञानी असरले बढ्दै गएकाले बेलैमा अभिभावक र विद्यालयले सचेत हुुनु पर्ने बताए ।

Karnali Traders

‘प्राय जसो विद्यालयहरुमा घोकन्ते शिक्षा हावि हुदैँ गएको छ, व्यवहारिक तथा नैतिक शिक्षाको पाटोलाई वेवस्था गरिएको छ ।’ अध्यक्ष्य भाटले भने ‘विद्यार्थीको भविष्य निर्माणमा शिक्षक र अभिभावक दुवै उतिकै जिम्मेवार छन, विद्यार्थीमा नैतिक शिक्षाको समेत अभाव देखिन्छ, यसबारे जिम्मेवार निकायले सोच्नु आवश्यक छ’ उनले भने ।

त्यस्त अखिल क्रान्तिकारी कञ्चनपुरले शनिबार सुसाईट नोटमा शिक्षकको नाम लेखेर आत्महत्या गरेको घटनाप्रति ध्यानार्कणष भएको जनाएको छ । साथै प्रेस विज्ञप्तीमार्फत घटनाको सत्यतथ्य छानबिनको माग गरिएको छ ।


प्रेस विज्ञप्ती

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.