सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्मला पन्तकी आमा दुर्गादेवीको संघर्षपुर्ण त्यो एक दशक

मदन गिरी
महेन्द्रनगर १२ साउन ।
गत साउन १० गते घरबाट साथि सँग पढ्न भनेर निस्कीएकी कञ्चनपुरको भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त कहिले घर फर्किईन् ।
साँझसँम्म घर नर्फीकिए पछि उनीकी आमा छोरी खोज्नतर्फ लागिन्, छिमेकी लगायत प्रहरीसम्म गुहारिन् ।

त्यो राति नभेटिएकी छोरी त्यसको भोलीपल्ट भीमदत्त नगरपालीका–१८ निम्बुखेडा स्थित उखुबारीमा बलत्कार पछि हत्या गरेर फालेको अवस्थामा निर्मलाको शव भेट्टीयो । एउटी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको निर्मला हत्याकाण्डले महेन्द्रनगरको माहोल सुरु देखि नै तात्दैँ गयो । निर्मलाका न्यायका लागी भएको आन्दोलनमा शनि खुन्नाको गोली लागेर मृत्यु हुनका साथै अर्जुन भण्डारा, चेतन भट्ट र उमेश देउवा लगायत दर्जन जति घाईते भएका थिए ।

घटना लगतै पिडीत परिवार विशेषतः निर्मलाकी आमालाई सान्तवना दिने शुभ चिन्तकको घुईचो लाग्यो । प्रहरी महानिरीक्षक देखि लिएर सरकारका मन्त्री र उच्च पदस्थ नेता कञ्चनपुर आएर पिडीत परिवारलाई सान्तवना दिए । उनिहरुले घटनाको छानबिन गरि दोषीलाई कारवाहिको कठघरामा ल्याएर छोड्ने प्रतिवद्धता समेत जनाएका थिए । तर उक्त घटना भएको वर्ष दिन पुरा भयो । निर्मलाको बलात्कारी हत्यारा को हो ? कुनै पत्ता लाग्ने संकेत हालसम्म पनि देखिदैँन् । एक बर्ष सम्म हत्यारा पत्ता नलागेका कारण निर्मलालाई न्याय मिल्ने कि नमिल्ने भन्ने कुरा अझै शंकाको घेरामा छ ।

World Link Ads
Mahakali Polytechnic

यज्ञराजले बिहे भएको पाँच वर्ष नपुग्दै केटी भगाएर दोस्रो बिहे गरेपछि दुर्गा अलपत्रमा परिन् । श्रीमानले बिहे गरेर अलगै बस्न थाले पछि दुर्गाले तीन छोरीहरुको पालन पोषण र जिविका पार्जनको लागी दुर्गाले कठीन संघर्ष गर्नु प¥यो ।

उक्त घटनाले आम नागरिकको मन छोएको छ तर त्यो भन्दा बढी निर्मलाकी आमा दुर्गादेवि पन्तको चित्त दुखेको छ । किनकी आफ्नो सन्तान गुमाउनको पिडा सबैलाई हुन्छ । त्यसमा पनि बलात्कारपछि गरिएको निर्मम हत्याले अझ बढी पिडा दिन्छ ।
श्रीमानले अर्को बिहे गरेर अलपत्र छोडेपछि तीन छोरीको पालन पोषणका लागी उनले कठीन संघर्ष गर्नुं प¥यो । चार जनाको परिवार पाल्नका लागि झन्डै एक दशक लामो मेहनत गरिन् । तीनै छोरीलाई बुवाको मायाको अभाव हुन दिईनन् ।

दुर्गाले पछिल्लो एक वर्ष यता जुन पिडा भोगीरहेकी छिन्, त्यो भन्दा कम छैन् बितेको दशक । श्रीमानबाट एक्लीएकी दुर्गा परिवार पाल्न निकै संघर्ष गर्नु परेको बताउँछिन । ‘नर्गका ती दिनहरु सम्झदा पनि मुटु दुख्छ, छाती पोल्छ’ आँखामा भरी आशु पिलपिल्याउँदै उनले भनिन् । ‘भोकभोकै शुक्लाफाटा निकुञ्जबाट दाउराको भारी बोक्दा होस् या ३० किलोमीटर वारपार गरेर बनबासाबाट क्युन्टल बढी सामान साईकिल क्यारिङ् गर्दा होस् निकै कष्ट भोगेकी छु’ दुर्गाले भनिन् ।

२०३९ सालमा डोटीको बुडरमा जन्मीएकी लक्ष्मी २०५९ सालमा कञ्चनपुरको वेदकोट(तत्कालीन बसाई) नगरपालिकाका यज्ञराज पन्तसँग वैबाहिक जीवनमा बाँधिईन् । यज्ञराजले बिहे भएको पाँच वर्ष नपुग्दै केटी भगाएर दोस्रो बिहे गरेपछि दुर्गा अलपत्रमा परिन् । श्रीमानले बिहे गरेर अलगै बस्न थाले पछि दुर्गाले तीन छोरीहरुको पालन पोषण र जिविका पार्जनको लागी दुर्गाले कठीन संघर्ष गर्नु प¥यो । यज्ञराजले भीमदत्त नगरपालीका बाँसखेडाकी लक्ष्मी पन्तसँग प्रेम विवाह गरेका थिए । जग्गा–जमीन बेचेर केटी भगाएर यज्ञराज एक वर्ष बेपत्ता भएको दुर्गा बताउँछिन् ।

Sana Kishan

दोस्रो बिहेपछि यज्ञराज एक वर्षसम्म काठमाडौँ बसेर महेन्द्रनगर फर्किए । ‘घर फर्किएको केही समयसँगै बस्यौ तर घरमा शान्ति कहिले भएन’ दुर्गाले भनिन् । ‘घरको आर्थिक अवस्था निकै कमजोर भएकाले खान लाउन निकै समस्या हुन्थ्यो, कान्छी(लक्ष्मी)लाई त्यो मन परेन् फेरी उनिहरु छुटिएर बजार भाडामा बस्ने थाले’ उनले भनिन् ।
श्रीमानले दोस्रो बिहे गरेपछि सुरु भएका दुर्गाका दुखका दिन यज्ञराजले कान्छी श्रीमतिसँग अलग्गै बस्न थालेपछी झन कष्टकर बन्दै गए ।

यज्ञराज अर्को बिहे गरेर बेपत्ता हुदाँ उनकी कान्छी सरस्वती छोरी जन्मीईन् । छोरी जन्मीएकै ११ दिनमा उनले छिमेकीबाट साईकल मागेर चलाउन सिकिन् । एक्लो परेपछि सबै कुरा आफैले गर्नु प¥यो, पल्लो घरको आमासँग साईकल मागेर एक दिनमै चलाउन सिके, साईकल चलाउन सिकेपछि समयमै काम गर्न केहि सजिलो भयो’ उनले भनिन् । ‘साईकलको पछाडी माटोको बोरा राखेर सामान बोक्न पनि सिके, त्यसपछि क्यारिङको काम पनि सुरु गरे’ दुर्गाले रुदैँ भनिन् ।

शुक्लाफाटा राष्ट्रीय निकुञ्जको शिनचुरीबाट दाउरा ल्याउँदा हातमा लागेको चोटले अझै पनि दुर्गालाई ती कष्टदायि क्षण सम्झाईरहन्छ । दाउरा लिन जाँदा गोरुको सिंङले घोचिएर हातमा चोट लागेको उनले बताईन् । छोरीहरु हुर्कीदैँ गए, स्कुल जान थाले कापी किताब किन्न दुर्गालाई आर्थिक समस्याले पिरोल्दैँ गएपछि उनले तीन वर्ष घरमै चटपटेको व्यवसाय सुरु गरिन् । ‘सानो गाउँको व्यवसाय भएकाले त्यति राम्रो कारोबार हुन्थेन् तर साबुन तेलका लागी सामान्य घर खर्च उठ्थ्यो’ उनले भनिन् ।
त्यस्तै छिकेकीलाई काम सघाएर पनि खाद्यान्नको जोखो गर्ने गरेको उनको भनाई छ ।

थोरै दिनमा साईकल सिकेपछि दुर्गा सिमावर्ती बजार भारतस्थीत बनबाससम्म सामान लिन जान थालिन् । ‘मलाई सडकमा आफ्नो साईड पनि थाहा हुन्थेन्, मन दुर्घग्नाको भय भईरहन्थ्यो तर मैलै त्यसको वास्था नगरि साथीहरुसँग क्यारिङ गर्न जान थाले’ उनले भनिन् । बनबासा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट करिब १५ किलोमिटर पश्चिममा पर्छ ।
भारतीय सिमा हुदैँ क्युण्टल बढी सामान साईकलमा राखेर महेन्द्रनगरसम्मको कष्टपुर्ण यात्रा सम्झन लायक नभएको दुर्गाको भनाई छ ।

पाँच वर्ष अघिबाट क्यारिङको काम सुरु गरेकी दुर्गा पछिल्लो दुई वर्षयताबाट निरन्तर उक्त व्यवसाय गर्दै आईरहेकी थिईन् । छोरीको हत्या भएपछि आफुलाई बाटोमा हिड्न समेत समस्या भएको उनका गुनासो छ । एक दशक लामो समय देखि कान्छी श्रीमतिसँगै बस्दै आएका यज्ञराजले जेठी श्रीमति र छोरीहरुको हेरचाह गर्न समेत छोडि सकेका थिए ।
दुर्गाले श्रीमानले पटक्कै हेर्न छोडेपनि आफुले कहिलेकाँही छोरीहरुलाई बुवासँग भेट्न पठाउने गरेको बताउँदै ‘भेटघाट नै नभएपछि मान्छे टाढिदैँ जान्छन्, त्यसैले बेला बेलामा छोरीहरुलाई भेट्न पठाउथे, घर खर्च मागेर ल्याउन पनि भन्थे तर खर्च भने खासै दिन्थेनन्’ उनले भनिन् ।

जेनतेन गरेर भएपनि छोरीहरुलाई पढाएर ठुलो मान्छे बनाउन सके सुखका दिन फर्किएलान् की भन्ने आशा उनमा छ । त्यहि आशा र सपनालाई पुरा गर्न निरन्तर संघर्ष गरिरहेकी दुर्गालाई साउन ११ को घटना निकै पिडादायि बन्यो, जुन उनको जीवनमा कहिले बिर्र्सन नसकिने घटना हो । उनले छोरीलाई सम्झदैँ भनिन् ‘निर्मला पढाईसँगै चित्रकलामा पनि निकै रुचि राख्थीन्, राम्रोसँग पढाउन सकेको भए जीवनमा ठुलै मान्छे बन्थी तर वैरी लागेपछि कसको के नै लाग्छ र’ । उनले भनिन् ।

उनले गत जेठमा सरकारले घोषणा गरेको राहत बुझेपछि आलोचित बनेककी छिन् । दुर्गालाई निर्मलाको हत्यारा पक्ता नलागी राहत बुझेकाले पैसामा बेचिएको अधिकारकर्मीको गम्भीर आरोप लागेको छ । तर दुर्गाले भने दुई छोरीको भविष्यका लागि राहत बुझेको दावि गरेकी छिन् ।

उनले संघीय सरकारले घोषणा गरेको १० लाख फागुनमा, सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको पाँच लाख जेठ पहिलो साता र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख गत बैशाखमा बुझेकी थिईन । दुर्गा हाल भीमदत्त नगरपालिकामा कार्यालय सहयोगीका रुपमा काम गर्दैँ आएकी छिन ।
त्यस्तै उनले निर्मलाको वास्तविक हत्यारालाई तत्काल पत्ता लागाएर कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेकी छिन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.