सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा नदी कटानीको जोखिमका बस्तीमा अनुगमन

487
Sana Kishan

मदन गिरी
महेन्द्रनगर ११ साउन ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले नदी कटानीको जोखिममा रहेका बस्तीमा अनुगमन गरेको छ । शनिबार नगर प्रमुख अशोक कुमार चन्द नेतृत्वको टोलीले वडा नम्बर ६ र ७ का सम्भावित जोखिममा रहेका बस्तीको अनुगमन गरिएको हो ।

Arus

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले विपद् व्यवस्थापनका लागि नदी कटानीको जोखिमका रहेका दुई वडाका विभिन्न वस्तीहरुको अनुगमन गरिएको बताए । वडा नम्बर ६ को मुसेपानि र ७ को गाउजी बस्ती किनारको खोलाले गरेको कटानीको नगरपालिकाले अनुगमन गरेको हो । चुरेको भेल बनी बग्ने उक्त खोला पुरिदाँ भेलको डाईभर्सन परिर्वतन भएको नगर प्रमुख चन्दले बताए ।

Karnali Traders

खोलाको डाईभर्सन परिर्वतनपछि बाढीले कटान गरि बस्ती पस्ने खतरा समेत रहेको छ । अनुगमन पश्चात उक्त बस्तीमा रहेको विपद् व्यस्थान गर्ने बारे छलफल गरिएको उनको भनाई छ ।

नगरपालिकाले जेसिबी प्रयोग गरि खोलालाई निकास दिने योजना बनाएको छ । साथै खोलामा ग्राभिल भरिएकोले ईआए अध्ययन गरि उक्त ग्राभील समेत संकलन गरिने नगरपालिकाले जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.