सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सचिव भएको एक हप्तामै अध्यक्षसँग बिहे

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्लबका अध्यक्ष गोविन्द विकले संस्थाकी सचिव गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ ।

भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरु गाउँ छोडेर बसाइँ सरेका छन् । गोविन्द कक्षा १० र गीता उच्च माविमा अध्ययनरत थिए ।

Sana Kishan

जिल्लास्तरीय किशोरी क्लबकी अध्यक्ष बबिताख खत्रीको पद सम्हालेको एक साता नबित्दै बिहे गरिन् । उनी १८ वर्षकी छन् । गत वैशाखमा बैजनाथ गाउँपालिका–६ की १५ वर्षीया जानकी पुन र १६ वर्षीय हीराबहादुर पुनले भागी विवाह गरे । कक्षा ९ मा अध्ययनरत जानकी किशोरी क्लबमा बसेर बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएकी थिइन् ।

World Link Ads
Mahakali Polytechnic

तीन दिनपछि उनीहरुलाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइयो । गत असारमा बैजनाथ–३ की १५ वर्षीया बालिकाले आफूखुसी बिहे गरिन् । त्यसको १५ दिनपछि घरमा किचलो शुरु भयो । बालविवाहविरोधी अभियन्ताले घरै पुगेर छुटाए । ती बालिका पनि बाल क्लबमा सक्रिय थिइन् ।, कान्तिपुर दैनिकले समाचार छापेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.